हवाई टिकटमा भ्याट अनावश्यक : मन्त्री तामाङ

हवाई टिकटमा भ्याट अनावश्यक : मन्त्री तामाङ


काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) अनावश्यक भएको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजित नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो उद्घाटन कार्यक्रममा उनले भ्याट र अन्य केही अनावश्यक कर हटाउने काम भइरहेको र यो समस्या बजेट पास हुनु अगाडि नै समाधान गरिने  बताएका हुन् । 

मन्त्री तामाङका अनुसार भ्याट हटाउँदा पर्यटकलाई नेपालमा धेरै समय बस्न प्रोत्साहन मिल्नेछ । उनले पर्यटन क्षेत्रमा देखिएका समस्याहरू समाधान गरी सन् २०२४ मा कम्तीमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको संकेत बताएका छन्।

मन्त्री तामाङले  पर्यटनको  नयाँ गन्तव्यहरूको पूर्वाधार निर्माणमा सरकार लागि परेको उल्लेख गर्दै प्राकृतिक सम्पदा र हिमाल आरोहण गर्न आउने पर्यटककाे संख्या बढाउन सरकार प्रयासरत रहेको जिकिर समेत गरेका छन् ।