नागरिक लगानी कोषले घोषणा गर्‍यो लाभांश



काठमाडौँ–नागरिक लगानी कोषले २०७९/८० को नाफाबाट सेयरधनीहरूलाई १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद दिने निर्णय गरेको छ । कम्पनीको आज शुक्रबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

गत वर्ष भने कम्पनीले २५ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश दिएको थियो।