काठमाडौँ–लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न २९ जना ऋणीहरूलाई कर्जा चुक्ता गर्न आग्रह गरेकोे छ । संस्थाले ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेकोे हो ।
ऋणीहरू धितो राखि वा बिना धितो ऋण लिएको र पटकपटक कर्जा चुक्ता गर्न आग्रह गर्दापनि बेवास्ता गरेपछि कम्पनीले शाखा कार्यालयहरूमा सम्पर्क राखि कर्जा चुक्ता गर्न भनेको हो ।
अन्यथा ऋणी तथा जमानीकर्ताहरूको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गरिने र धितोमा रहे नरहेको चल अचल सम्पत्ति लिलाम बिक्री गरी कर्जा असुल उपर गरिने सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया