एनआईसी एशिया बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर



काठमाडौं –एनआईसी एशिया बैंक लिमिटेडले असार १ गते देखि लागू हुने गरी ब्याजदर घटाएकोे छ ।

यस बैंकले असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.६९ प्रतिशत ब्याज कायम गरेको छ । बैठकले जेठ महिनामा व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.८०० प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकले व्यक्तिगततर्फ ३ देखि १२ महिना अवधिका लागि ६।५० प्रतिशत, १ वर्ष अवधिका लागि ७ प्रतिशत, १ वर्ष देखि माथि २ वर्ष देखि मुनिका लागि ७ प्रतिशत, २ वर्ष देखि माथि ५ वर्षमुनिका लागि ७.२५ प्रतिशत र ५ वर्षदेखि माथिका लागि ७ ६९ प्रतिशत ब्याजदर तोकेको छ ।

संस्थागततर्फ बैंकले असारका लागि ६ महिना देखि १२ महिना मुनिका लागि ५.३५ प्रतिशत, १ वर्ष अवधिका लागि ५.९० प्रतिशत, १ वर्ष देखि माथि ५ वर्षमुनि अवधिका लागि ६ प्रतिशत र ५ वर्षमाथिका लागि ६.६९ प्रतिशत ब्याजदर तोकेको छ ।