शुक्रबार कतिमा हुँदैछ सुनको कारोबार ?


काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४१ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेको छ । यसदिन चाँदी प्रतितोला १८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।