साधना र सबैको लघुवित्तले मर्जरका लागि राष्ट्र बैंकबाट पाए अन्तिम स्वीकृति

साधना र सबैको लघुवित्तले मर्जरका लागि राष्ट्र बैंकबाट पाए अन्तिम स्वीकृति


काठमाडौं – साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जरका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका छन् ।

राष्ट्र बैंकबाट यी कम्पनीले जेठ २९ गते मर्जरको लागि अन्तिम स्वीकृति पाएका हुन् । राष्ट्र बैंकले मर्जर पछि साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार गर्ने गरी अन्तिम स्वीकृति दिएको हो।

यी दुई कम्पनीबीच गत वैशाख १२ गते मर्जरका लागि अन्तिम सम्झौता भएको थियो । दुई कम्पनी समान हैसियतमा एक हुन लागेका हुन । हाल साधना लघुवित्तको चुक्तापूँजी ३८ करोड २२ लाख ५८ हजार रूपैयाँ छ भने सबैको लघुवित्तको ३१ करोड ८६ लाख रूपैयाँ छ।