काठमाडौं – नेपाल राष्ट्र बैंकबाट दुई लघुवित्त संस्थाले एकीकृत कारोबारका अन्तिम स्वीकृति पाएका छन्। राष्ट्र बैंकबाट जाल्पा लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति पाएका हुन्। नेपाल राष्ट्र बैंकले यी दुई लघुवित्तलाई मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न शुरु अन्तिम स्वीकृति दिएको हो।
बुटवल उपमहानगरपालिका ११, रुपन्देहीमा रजिष्टर्ड कार्यालय रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र लम्कीचुहा नगरपालिका – ४, कैलालीमा रजिष्टर्ड कार्यालय भएको किसान लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने गाभिने (मर्जर) सन्दर्भमा नेपाल राष्ट्र बैंकले गत जेठ २९ गते ‘ घ’ वर्गको राष्ट्रियस्तर कार्यक्षेत्र भएको मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार सञ्चालन गर्ने गरी अन्तिम स्वीकृति प्रदान गरेको हो।




About Us
प्रतिक्रिया