काठमाडौं – गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। स्थायी पदपूर्तिका लागि कम्पनीले सहायकदेखि अधिकृतस्तरसम्मका पदमा १० जनाभन्दा बढी कर्मचारी माग गरेको हो।
कम्पनीले कनिष्ठ अधिकृत १, सुपरभाइजर (प्रशिक्षार्थी) ३, वरिष्ठ सहायक ६ तथा केही कनिष्ठ सहायकका लागि आवेदन खुलाएको छ। इच्छुक तथा योग्य नेपाली नागरिकले १५ दिनभित्र (२०८१ असार ११ गतेसम्म) दरखास्त दिनुपर्नेछ।




About Us
प्रतिक्रिया