सेन्चुरी बैंक घोटाला प्रकरणमा नेको इन्योरेन्सका अध्यक्ष रमेश निरौला पक्राउ


काठमाडौं– सेन्चुरी बैंक घोटाला प्रकरणमा नेको इन्योरेन्सका अध्यक्ष रमेश कुमार निरौला पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीको टोलिले उनलाई जेठ २८ गते पक्राउ गरेको हो । कमसल धितो राखेर कर्जा प्रवाह गरेको प्रकरणमा निरौलाको संलग्न भएको भन्दै सिआईबी टोलिले उनलाई पक्राउ गरेको हो ।

हालसम्म कमसल धितो राखेर कर्जा प्रवाह गरेको आरोपमा पक्राउ पर्नेको संख्या पनि ९ पुगिसकेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी तथा प्रवक्ता होविन्द्र बोगटीका अनुसार पक्राउ गरिएकाहरु माथि बैंकिङ्ग कसुर सम्बन्धी ऐन २०६४ बमोजिम अनुसन्धान भइरहेको जानकारी दिए ।