काठमाडौं – पछिल्लो समय मूल्यवृद्धि घटेको छ । वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४० प्रतिशत रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिना वैशाखसम्मको तथ्यांकले यस्तो देखाएको हो।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.४१ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत रहेको छ।
२०८१ वैशाख महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.३० प्रतिशत, तराईको ४.३२ प्रतिशत, पहाडको ४.७० प्रतिशत र हिमालको ४.२२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति क्रमशः ७.६८ प्रतिशत, ७.१५ प्रतिशत, ७.५७ प्रतिशत र ७.१२ प्रतिशत रहेको थियो ।



About Us
प्रतिक्रिया