गोदावरीका मेयर महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उनीहरू विरूद्ध १ अर्ब ४ करोड बिगाे माग दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हाे।

अख्तियारले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार गरेको आरोपमा महर्जनसहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको आरोपमा अख्तियारले ५ वटा छुट्टाछुट्टै मुद्दा पेस गरेको छ।