काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको बोनश शेयर सूचीकृत भएको छ। साेमबार सल्ट ट्रेनिङ्ग र डिप्रोक्स लघुवित्तको बोनश शेयर सूचीकृत भएको हो।
सल्ट ट्रेनिङ्गको १५ प्रतिशतका दरले ४ लाख १८ हजार र डिप्रोक्स लघुवित्तको १० प्रतिशतका दरले १५ लाख ५१ हजार कित्ता बोनश शेयर सूचीकृत गरिएकाे हाे।
यी दुवै कम्पनीको बोनस शेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्न सक्नेछन्।



About Us
प्रतिक्रिया