५३ अर्ब रुपैयाँ पुनर्कर्जा पुन: उपलब्ध गराउँदै राष्ट्र बैंक, ५३ अर्ब पुनर्कर्जा फिर्ता भएपछि सीडी रेसियो ९० % नाघ्यो, केही बैंकको सीडी रेसियो ९७ प्रतिशतसम्म पुग्यो 

५३ अर्ब रुपैयाँ पुनर्कर्जा पुन: उपलब्ध गराउँदै राष्ट्र बैंक, ५३ अर्ब पुनर्कर्जा फिर्ता भएपछि सीडी रेसियो ९० % नाघ्यो, केही बैंकको सीडी रेसियो ९७ प्रतिशतसम्म पुग्यो 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सोमबार बाणिज्य बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) औषतमै ९१ प्रतिशत पुगेको छ। यामकीय प्रावधानअनुसार सीडी रेसियो ९० प्रतिशत नाघ्नु राम्रो होइन। यद्यपी यो सहुलियत आगामी असार मसान्तसम्म छ। बैंकहरुले अधिक ऋण लगानी गरेर कम निक्षेप संकलन गरेका कारण मात्र सीडी रेसियो नाघेको भने होइन। सीडी रेसियो पुनर्कर्जाका कारण नाघेको बैंकरको बुझाइ छ।

सीडी रेसियोमा पुनर्कर्जा र विदेशबाट ल्याएको ऋणलाई गणना गर्न पाइन्छ। यस अघिको आर्थिक वर्षमा कोभिड–१९ को असरलाई मध्यनजर गर्दै केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एक खर्ब २७ अर्ब रुपैयाँ पुनर्कर्जा दिएको थियो। यसमध्ये करिव ५० अर्ब रुपैयाँ पुनर्कर्जा परिपक्व भएको छ। यो पैसा राष्ट्र बैंक पुगिसकेको छ। 

'पुनर्कर्जा नवीकरण भएको छैन तर परिपक्क भएर गइसकेको छ' एक बैंकरले भने, 'यसले पनि अहिले सीडी रेसियो औषतमै ९१ प्रतिशत नाघेको हो।' अहिले केही बैंकको सीडी रेसियो ९७ प्रतिशत पुगेको छ। राष्ट्र बैंकका अनुसार ५ वटाबाहेक सबै बैंकको सीडी रेसियो ९० प्रतिशत माथि छ। राष्ट्र बैंकले पनि पुनर्कर्जा परिपक्व भएर फर्किएका कारण सीडी रेसियोमा चाप परेको महशुस गरेको छ। त्यसैले मंसिर  मसान्तभित्र ५० अर्ब रुपैयाँभन्दा बढि प्रणालीमा फर्काउने तयारी गरिसकेको छ। 

राष्ट्र बैंकले मंसिर १९ गतेसम्म आवेदन दिन बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान गरिसकेको छ। बैंक तथा वित्तीय संस्थाहरुले पनि आवेदन दिइसकेका छन्। नेपाल राष्ट्र बैंकका एक अधिकारीका अनुसार ‘पहिलो चरणमा हामी ५३ अर्ब रुपैयाँ पुनर्कर्जा बजारमा दिँने तयारीमा छौं यसमध्ये ४० अर्ब रुपैयाँ हाराहारी अति प्रभावित ब्यवसायले पाउनेछन्। बाँकी रहेको १३ अर्ब मध्यम प्रभावितले पाउनेछन । यो पुनर्कर्जा ५ करोड रुपैयाँभन्दा कमका ब्यवसायले पाउने छन्। २० करोडसम्मको पुनर्कर्जा राष्ट्र बैंकले आफैले दिँदै आएको छ।  ५ करोडदेखि तलका भने बल्कमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउँछ। उनीहरुले  ऋणीलाई दिन्छन्।'

यद्यपी राष्ट्र बैंकले कोभिडको असर कम हुन थालेपछि पुनर्कर्जालाई घटाउने नीति लिएको छ। राष्ट्र बैंकले पुनर्कर्जालाई सीडीमा गणना गर्न पनि बिस्तारै कम गर्ने जनाएको छ। 

बैंकहरुले निक्षेप संकलन नगरी अत्याधिक ऋण प्रवाह गरेका कारण अहिले तरलता अभाव चर्किएको हो। बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) औषतमै ९१ प्रतिशत पुगेको छ। केही बैंकको ९७ प्रतिशतसम्म सीडी रेसियो पुगेको छ।