मुक्तिनाथ विकास बैंक सामाजिक कार्यमा सक्रिय, खुल्यो ‘मुक्तिनाथ फाउण्डेसन’ 

मुक्तिनाथ विकास बैंक सामाजिक कार्यमा सक्रिय, खुल्यो ‘मुक्तिनाथ फाउण्डेसन’ 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी र यस समुहसँग सम्बन्धित व्यक्तिहरुको अगुवाईमा मुक्तिनाथ फाउण्डेसन स्थापना भएको छ । मुनाफा वितरण नगर्ने कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको यस फाउण्डेसनले  सामाजिक तथा आर्थिक रुपले पछाडी परेका व्यक्ति तथा समुदायलाई सहयोग तथा सहजिकरण गरी उनीहरुको जीवनस्तर उकास्ने मूल उद्देश्य लिएको जनाएको छ।

हाल फाउण्डेसनको प्रथम  संचालक समितिमा भरतराज ढकाल, सिताराम काफ्ले, तुलसीराम ढकाल, नारायण कुमार श्रेष्ठ, राम प्रसाद पोखरेल, विमल कुमार निरौला र निशा बस्नेत रहेका छन्। 

फाउण्डेसनको  मूलभूत उद्देश्यहरूमा समाजमा रहेका विकृति र कुसंस्कारहरुलाई निरुत्ससाहन गर्दै सनातनी संस्कारजन्य सभ्य र मानवीय मूल्य एवं मान्यतामा आधारित समाज प्रबर्दन गर्न योगदान दिने, समाजका विपन्न वर्ग तथा बेरोजगार युवाहरुलाई आत्मनिर्भर तुल्याउने लगायतका आर्थिक टेवाका कार्यक्रमहरु सञ्चालन गर्ने ,  नेपालको संविधानले प्रदत्त गरेका नागरिक हक अधिकार संरक्षण एवं  प्रवद्धन गर्न चेतनामुलक  कार्यक्रम सञ्चालन गर्ने र राज्यले प्रदान गर्ने सार्वजनिक सेवामा पहुँच  बढाउन सहजिकरण गर्ने, व्यवसायिक शिक्षा, ज्येष्ठ नागरिक सहयोग, स्वस्थ जीवन, सुरक्षित बसोबास र सभ्य समाज निर्माण जस्ता सामाजिक सेवाहरुलाई लक्षित वर्गको पहुँच र उपभोग बढाउन सहजिकरणका कामहरु गर्ने, सामाजिक उत्थानका लागि बहुपक्षीय कार्यक्रमहरु सञ्चालन गर्ने, लगायत रहेका छन् ।

फाउण्डेसनले  तत्काल गरिने कार्यक्रमहरूमा कार्यालय स्थापना र प्रबन्धपत्र तथा नियमावली वमोजिम गर्नु पर्ने प्रारम्भिक कामहरु गर्ने, सदस्यता विस्तार गर्ने, विभिन्न वर्ग र विषय लक्षित चेतनामूलक (एडभोकेसी) कार्यक्रम गर्ने उल्लेख गरेको छ । 

त्यस्तै ज्येष्ठ नागरिक, बालबालिका र असहायहरुको आश्रयको रुपमा बहुउद्देश्यीय “आश्रयस्थल स्थापन” कार्यक्रम गर्ने, रोजगारी प्रवर्द्धनको कम्तीमा एउटा कार्यक्रम गर्ने, वातावरण संरक्षणको कम्तीमा एउटा कार्यक्रम गर्ने , कृषि, शिक्षा स्वास्थ्य जस्ता क्षेत्रलाई लक्ष्य गरी कम्तीमा एउटा कार्यक्रम गर्ने, र यसमा खाद्य व्यवस्थापन (स्वास्थ्यकर खाना खाने बानी) सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिइने फाउण्डेसनले जनाएको छ । 

त्यस्तै प्राकृतिक प्रकोप पीडितहरु लक्षित पुनर्लाभको कम्तीमा एउटा कार्यक्रम गर्ने, सहयोगी संस्थाहरुसँग सहकार्य र साझेदारी गर्ने कम्तीमा एउटा कार्यक्रम गर्ने, संस्थाको गतिविधि र चेतनामूलक कार्यक्रम झल्कने कम्तीमा एउटा प्रकाशन गर्ने, नेपाल सरकारले सार्वजनिक हितका लागि जारी गरेको राष्ट्रिय नीति तथा कार्यक्रमलाई सघाउ पुग्ने कम्तीमा एउटा सहजिकरण कार्यक्रम गर्ने, तथा ) योग, ध्यान तथा खानपान सम्बन्धि कम्तिमा एउटा कार्यक्रम गर्ने फाउण्डेसनले उल्लेख गरेको छ ।