इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर असफल

इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर असफल

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले राष्ट्र बैंकद्धारा तोकेको समयसिमाभित्र बैंक मर्जर गर्न असफल भएका छन् । राष्ट्र बैंकले मर्जरको बारेमा निर्णय गर्नको लागि दुवै बैंकलाई मंसीर १९ गतेसम्मको समय दिएको थियो । तर केन्द्रीय बैंकले दिएको समय सिमाभित्र मर्जरको निर्णय गर्न नसकेपछि असफल भएको महशुस गरिएको छ ।  

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले मर्जर गर्न नसकेपछि राष्ट्र बैंकसमक्ष फेरि थप समय माग गरेका छन । यस अघि पनि राष्ट्र बैंकले मर्जरका लागि समय थप गरिदिएको थियो । उनीहरुले समय थप्न माग गर्दै नेपाल राष्ट्र बैंकसमक्ष पत्राचार गरेका छन् । नेपाल राष्ट्र बैंकले दिएको समयभित्र एकीकृत कारोबार हुन सकेन । मर्जरबारे हिमालयन बैंकले साधारणसभा बोलाएर निर्णय गर्नै बाँकी छ । हिमालयन बैंकका केही सदस्यहरु मर्जरको विपक्षमा देखिएपछि मर्जर थप जटिल बन्दै गइरहेको बुझिएको छ । 

हिमालयन र नेपाल इन्भेष्टमेन्टका बीचमा मर्जर भाँड्न इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नै लागेको समेत आरोप लाग्न थालेको छ । मर्जको अधिकांश काम सकिएपनि इन्भेष्टमेन्ट बैंकका सिइओ ज्योति प्रकाश पाँडे नै हिमालयन बैकसँग इन्भेष्टमेन्ट बैंक मर्ज गर्न नचाहेकाले समस्या उब्जिएको आरोप लाग्न थालेको हो । पाँडेले बैंकबाट गरिएको लगानी सिमित मारवाडीलाई गरेको र सो लगानी गरिएको ऋणको धितो पनि कमसल खालको रहेको भेटिएको बताउँछन । 

तोकेको समयसिमाभित्र बैंक मर्जर गर्न असफल भएपछि समस्या, के हुन्छ कारबाही ?

 

सिईओ पाँडेले अर्बौ रकम लगानी गर्दा अधिकांश निर्णय आफै गर्ने गरेको र बोर्डलाई कुनै पनि जानकारी समेत नदिएको विषय समेत सतहमा आएको छ । बैंकको लगानीमा सिईओ पाँडेले एकलौटी निर्णयबाट अर्बौ ऋण दिँदा २० प्रतिशतमात्र धितो लिएर दिएकाले मर्ज भएपछि उनको कर्तुत खुल्ने डरले मर्ज रोक्न उनी लागिपरेको समेत स्रोत बताउँछ । 

यता हिमालन बैंकको मर्ज कमिटी लामो समयसम्म नबस्नुमा सञ्चालक मनोजबहादुर श्रेष्ठको पनि ठूलो भूमिका निभाएको आरोप लाग्न थालेको छ । गत शुक्रबार बसेको हिमालयन बैंक सञ्चालक समितिको बैंठकले पनि इन्भेष्टमेन्टसँग मर्ज गर्ने वा नगर्ने भन्ने विषयमा कुनै पनि निर्णय गर्न सकेनन । हालका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र मनोज बहादुर श्रेष्ठ हिमालयन बैंकको सबैभन्दा ठूला संस्थापक शेयरधनी पनि हुन् । यी दुबै मर्जका शुरुवातीदेखि नै इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जान त्यति इच्छुक थिएनन् ।

हिमालयन बैंकमा अन्य बैंक मजर गरेर ल्याएर बैंकमा यी दुई जनाको प्रभुत्व जमाइ राख्ने चाहान्थे । हिमालयन बैंकका अर्का धेरै शेयर भएका सुनिलबहादुर थापा र सिपी खेतानले इन्भेष्टमेन्ट बैंकसँग मर्ज गर्न जोड गरेपछि यी दुई दाजु भाइ मर्ज भाड्न लागेको आरोप छ ।

हिमालयन बैंकका शेयरधनी मनोज बहादुर श्रेष्ठ र प्रचण्डबहादुर श्रेष्ठ दाजुभाइ इन्भेष्टमेन्ट बैंकसँग १ बराबर १ को अनुपातमा मर्जरमा जान नहुने अडान हालसम्म पनि यथावत नै रहेको छ ।

मर्ज भाँडिएको खबर बाहिर जानपूर्व नै हिमालयन बैंकले आफूलाई उपयुक्त अर्को वित्तीय संस्था मर्जमा ल्याउने सम्झौता गरेर मात्र मर्ज भाँडिएको खबर बाहिर ल्याउन योजनामा रहेको हिमालयन बैंक स्रोतले बताएको छ । 

के हुन्छ कारबाही ?

‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३’ अनुुसार सैद्धान्तिक स्वीकृति पाइसकेको बैंकबीच मर्जर नभए शेयर कारोबार थप समय रोकिने उल्लेख छ ।

हिमालयन र इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार रोक्का भएको करिब ६ महिना भइसकेको छ । मर्जको सैद्धान्तिक सहमति लिइर मर्ज नगर्ने वित्तीय संस्थालाई राष्ट्र बैंकले गाभ्ने गाभिने वा प्राप्ति (एक्विजिशन) प्रक्रियामा सामेल हुन निश्चित अवधिसम्म रोक लगाउन सक्ने पनि कानुनी व्यवस्था रहेका छ । त्यस्तो संस्थालाई तीन वर्षसम्म थप शाखा कार्यालय खोल्न रोक्न सक्छ ।