रुचिलाई व्यवसाय बनाउँदा जन्मिएको ‘डाँफे’ 

रुचिलाई व्यवसाय बनाउँदा जन्मिएको ‘डाँफे’ 


काठमाडौं – कुनै पनि काम व्यवस्थित र सफल ढंगले गर्न अनुभवको भूमिका महत्त्वपूर्ण हुन्छ। अनुभव बटुल्न इच्छाशक्तिका साथै धैर्यता चाहिन्छ । इच्छाशक्तिलाई साथ दिन विषय बस्तुप्रतिको रुचि हुन पनि जरुरी छ। यसरी नै आफ्नो जीवनकालमा विविध विधामा काम गर्दै आफू कुन विषयमा अब्बल छु र त्यो क्षेत्रमा लाग्दा आफूलाई कत्तिको उत्तम हुन्छ भन्ने कुरामा स्पष्ट हुन आवश्यक छ। आफू के कुरामा अव्बल छु, आत्मसाथ गरेर त्यसलाई आफ्नो भविष्य बनाउन आत्मविश्वास भए पुग्छ । यस्तै आफू के कुरामा सहज छु र के कुरालाई कसरी अधि बढाउन सक्छु भन्ने कुरालाई आत्मसाथ गरिरहेका युवामध्ये एक हुन्, निमेश उलक । 

उनी आफ्नो रुचिको विषयलाई आत्मसाथ गरेर अघि बढिरहेमा कहिले पनि हार नहुने कुरामा विश्वास राख्छन्। सानै उमेरदेखि संघर्षरत रहेर आज शिक्षण पेसासँगै आफ्नो व्यवसायलाई पनि सबल रूपमा उभ्याउन सफल निमेष विगत १७ वर्षदेखि ‘आतिथ्य’ क्षेत्रमा काम गर्दै आइरहेका छन्। बहुआयमिक क्षमतामा रमेका निमेष  आइसीटी कलेजमा शिक्षण पनि गरिरहेका छन् । उनी भन्छन्, ‘मलाई खाना बनाउन र सिकाउन धेरै रुचि भएसँगै मैले शिक्षण पेसा रोजे र अनि यसै रुचिलाई पनि  व्यवसायमा परिणत गर्ने सोचेर ‘डाँफे’ को सुरुवात गरेको हो।’

विभिन्न खानाको स्वाद चाखिरहन मन पराउने निमेश साथीहरूसँग बसेर चकलेटको स्वाद लिने क्रममा नेपालमै स्वदेशीपनमा किन नबनाउने भन्ने उत्सुकतामा सुरु भएको हो  निमेशको ‘डाँफे’। 

‘कुनै पनि काम गर्न आफूमा उत्सुकता र म गर्न सक्छु भन्ने आत्मविश्वास चाहिने रहेछ।’

उनी भन्छन्,‘कुनै पनि काम गर्न आफूमा उत्सुकता र म गर्न सक्छु भन्ने आत्मविश्वास चाहिने रहेछ।’ भनिन्छ रहरले गरेको काम त काम जस्तै लाग्दैन । यस्तै अनुभव हुने गरेको छ निमेशलाई । आफू पनि चकलेटको काम सुरु गर्न, उनले चकलेटको विषयमा अनुसन्धान गर्न थाले । यसै क्रममा दिल्लीमा चकलेट बनाउने तालिममा सहभागी भएर उनले नेपालमा फर्किएर  सुरु गरेका हुन्  ‘डाँफे चकलेट’ । 

कुनै पनि काम गर्न अनुभव र दक्षता चाहिएसँगै निमेशको पनि यी सबैमा अनुभव भएकै कारण नै उनले यो क्षेत्र रोजेको बताउँछन् । उनी भन्छन्, ‘आफूमा जे कुराको ज्ञान हुन्छ त्यही काम नै गर्दा उचित हुने भएको कारण नै मैले यो क्षेत्र रोजेको हो।’ डाँफे चकलेटको मुख्य विशेषता भनेको ग्राहकले भनेको जस्तो आकार र ग्राहकले चाहेको जति नै चकलेट बनाउनु हाे ।ग्राहकको लागि फ्रेस र स्वादिलो चकलेट बनाउनु नै डाँफेको फरकपन रहेको उनको भनाई छ। 

‘ग्राहकले जसरी आफ्नो लागि जति बनाउन चाहनुहुन्छ त्यति नै हामीले बनाइदिन्छौ। जति जनाले हाम्रो सामान लिनु भएको छ सबैले आफ्नो व्यवसायलाई स्वदेशीपन दिन नाम पनि डाँफे नै राख्नुभएकाे छ ।’

नेपाल विभिन्न कारणले निरन्तर रूपमा आर्थिक मन्दीको चपेटामा परिरहेको छ । भूकम्प, कोरोना,नाकाबन्दी लगायतका समस्याले आर्थिक क्रियाकलापमा असर परेको छ । यस्तो अवस्थामा विभिन्न प्रकारका चुनौती हरेक क्षेत्रले भोगीरहेका छन्। यस्तो अप्ठ्यारो  अवस्थामा कसरी आफू दीर्घकालीन हुने भन्ने कुरा केही हदसम्म आफूमा भर पर्छ । 

बजारमा आफू कसरी टिकिरहने भन्ने आफैले तय गर्ने निमेशको दर्शन छ । उनी भन्छन्, ‘जस्तोसुकै परिस्थितिमा पनि आफू विचल्लित नभईकन अघि बढ्ने हो भने जे पनि सम्भव छ ।’

बजारमा आफू कसरी टिकिरहने भन्ने आफैले तय गर्ने निमेशको दर्शन छ । उनी भन्छन्, ‘जस्तोसुकै परिस्थितिमा पनि आफू विचल्लित नभईकन अघि बढ्ने हो भने जे पनि सम्भव छ ।’ पछिल्लो समयमा हरेक युवाको विदेशिने विकल्पलाई निमेश यसरी लिन्छन्, ‘विदेशिनु गलत होइन यसलाई सिकाइको रूपमा लिएर नेपाल नै फर्किने हो भने उचित हुन्छ ।’ केही कुरा सिक्न विदेश जानु राम्रो हो ।’

नेपालमा सबैलाई काम र पढाइलाई ब्यालेन्स गरेर अधि बढ्न सिकाउनु पर्ने उनको धारणा छ । ‘युवाहरूलाई सानै उमेरबाटनै उधमी भनेको के हो भन्ने कुरा सिकाउन आवश्यक छ । नेपालको हकमा पढाई नै कर्मचारी बन्ने खालको छ, हाम्रो पढाई कसरी राम्रो कर्मचारी बन्ने भनेर सिकाइरहेको हुन्छ । यसको सट्टा कसरी आफ्नो कामको आफै मालिक बन्ने सिकाइयो भने विदेश जाने नै थिएनन् ।’ 

नेपालमा अवसरको खानी भएको र यसलाई कसरी लयमा ल्याउने भन्ने मात्र हाम्रै हातमा भएको उनको बुझाइ छ। आफुले पनि चकलेटको व्यवसाय गर्दा बजारमा अथाह सम्भावना देखेर नै सुरुवात गरेको उनी बताउँछन्। निमेश सफलतालाई मिहेनतको प्रतिफलको रूपमा परिभाषित गर्छन्। ‘आर्थिक मन्दीमा वा समस्या हुँदा आत्तिनु भएन राम्रो हुँदा मात्तिनु भएन’।