कोरोनाको महामारी नसकिएसम्म पारिश्रमिक नलिने प्रधानमन्त्रीको घोषणा

कोरोनाको महामारी नसकिएसम्म पारिश्रमिक नलिने प्रधानमन्त्रीको घोषणा


बैंकिङ समाचार ।  
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् । 

नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले आवश्यक पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने हाम्रो परम्परा रहेको बताउँदै आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

‘मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको संघर्षमा मित्र राष्ट्रहरुबाट प्राप्त सद्भाव, ऐक्यबद्धता र सहयोगप्रति आभार प्रकट पनि गरेका छन्।