वार्षिक ७०० विद्यार्थीलाई सामाजिक उद्यमी बनाउँदै नबिल बैंक, ‘नबिल एसएसई’ कार्यक्रममार्फत सातै प्रदेशमा पढाईने

वार्षिक ७०० विद्यार्थीलाई सामाजिक उद्यमी बनाउँदै नबिल बैंक, ‘नबिल एसएसई’ कार्यक्रममार्फत सातै प्रदेशमा पढाईने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पढ्न पैसा नलाग्नेः कसले पाउँछन ? कसले पाउँदैनन् ? 

बैंकिङ्ग समाचार, काठमाडौं । 

नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशीलता कार्यक्रम (Nabil School of Social Entrepreneurship – Nabil SSE)  सुरु गरेको छ। समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नवीन सोचमा आधारित उद्यमलाई प्रवर्द्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम सुरु गरिएको बैंकले जनाएको छ। स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सिप तथा वित्तीय सहयोग उपलब्ध गराई सामाजिक उद्यमको प्रर्द्धन गर्ने उद्देश्यका साथ नबिल एएईले हाललाई सामाजिक उद्यमशीलतामा प्रमाणपत्र कार्यक्रम र फेलोसिप कार्यक्रम गरी दुई किसिमका कार्यक्रम तय गरेको छ। 

सुरुआती चरणमा सामाजिक उद्यमशीलतामा प्रमाणपत्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बैंकले सातै प्रदेशका निम्न स्कुल/कलेज तथा विश्वविद्यालयसँग सम्झौता गरेको छ:
प्रदेश           स्कुल/ कलेज/विश्वविद्यालय 

१                -महेन्द्र मोराङ आर्दश मल्टीपल क्याम्पस 
२                -विरगन्ज पब्लीक कलेज 
बाग्मती        – काम्पियन कलेज 
गण्डकी        -फ्याकल्टी अफ ह्युमानिटिज एण्ड सोसल साइन्स, पोखरा विश्वविद्यालय 
लुम्बिनी         -क्षीतिज इन्टरनेश्नल कलेज 
कर्णाली          -सुर्खेत मोडल कलेज 
सुदुरु पश्चिम     -सुदुर पश्चिमाञ्चल एकेडेमी 

यो कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेशमा एउटा विश्वविद्यालय वा कलेजसँग सहकार्य गरी वार्षिक ७०० विद्यार्थीलाई सामाजिक उद्यमी बन्ने अवसर सिर्जना गर्नेछ।  

त्यसैगरी फेलोसिप कार्यक्रम आवासीय तालिममा आधारित हो। जुन काठमाण्डौमा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता बैंकले आजै गरेको छ। यसैगरी एक वर्षसम्मको आवश्यक सहयोगसहित ४० सहभागिलाई संलग्न गराउँने ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुआत गर्न सक्षम बनाउने लक्ष्य राखेको छ। 

\"\"कसले पाउँछन, कसले पाउँदैनन् ? 

यो कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्डअनुसार निवेदन दिन सक्नेछन् र छनौटमा परेका व्यक्तिलाई उद्यमशीलताको तालिम दिइनेछ। उनीहरुका लागि तालिम अवधिमा बस्ने, खाने सुविधा उपलब्ध  हुनेछ। सम्भाव्य सामाजिक उद्यममा इच्छा भएका, सोच  बनाएका र आवश्यक मात्रामा आफ्नो लगानी गर्न तयार भएका व्यक्तिहरु यी दुवैमध्ये कुनै एक कार्यक्रममा सहभागी हुन सक्नेछन्। 

नबिल एसएसईका दुवै कोर्स पूरा गरेको व्यक्ति उद्यमशीलताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडेल गर्दै बैंकबाट ऋण लिएर सामाजिक उद्यम शुरुवात गर्न सक्ने अपेक्षा गरिएको छ। उनीहरुले शिक्षा, स्वास्थ्य, पानी तथा सरसफाइ, कृषि, खाद्य, जीविकोपार्जन, ऊर्जा र जलवायु परिवर्तनजस्ता क्षेत्रहरुमा लगानी गरी सामाजिक उद्यमशीलता विकास गर्न सक्नेछन्। सहभागीहरुले सामाजिक उद्यम सञ्चालनको तरिकासँगै आधारभूत कानुनी तथा करसम्बन्धी ज्ञान पनि पाउनेछन्। उनीहरुले सामाजिक समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसाय प्रवर्द्धन, लेखासम्बन्धी ज्ञान, आवश्यक  योजना तथा बजेट व्यवस्थापनजस्ता व्यवसाय सञ्चालनका आधारभूत कुराहरुको समेत व्यवहारिक ज्ञान र सीप पाउनेछन्।  

फाइदा के छ ? 

Nabil SSEका दुबै कोर्स पुरा गरेको व्यक्ति उद्यमशीलताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडेल गर्दै बैंकबाट ऋण लिएर सामाजिक उद्यम शुरुवात गर्न सक्ने अपेक्षा बैंकले गरेको छ । उनीहरुले शिक्षा, स्वास्थ्य, पानी तथा सरसफाइ, कृषि, खाद्य, जीविकोपार्जन, उर्जा र जलवायु परिवर्तन जस्ता क्षेत्रहरुमा लगानी गरी सामाजिक उद्यमशीलता विकास गर्न सक्ने बैंकले उल्लेख गरेको छ । सहभागिहरुले सामाजिक उद्यम संचालनको तरिका संगै आधारभूत कानूनी तथा कर सम्बन्धीका ज्ञान पनि पाउँने बैंकले जनाएको छ । बैंकले भनेको छ 'उनीहरुले सामाजिक समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक संजाल मार्फत आफ्नो व्यवसाय प्रबद्र्धन, लेखा सम्बन्धी ज्ञान, आवश्यक  योजना तथा बजेट व्यवस्थापन जस्ता व्यवसाय संचालनका आधारभूत कुराहरुको समेत व्यवहारिक ज्ञान र सीप पाउँनेछन् । '

यो कार्यक्रम पूर्ण व्यवसायिक चक्रको प्याकेज भएकाले सामाजिक उद्यमका लागि अवधारणा निर्माण गर्ने, त्यसलाई लगानीयोग्य बनाउने तथा साना भन्दा साना शिप र रोजगारी गरि जीवन निर्वाह गरिरहेकाहरुलाई पनि उद्यमी  बनाउँन एक नयाँ शुरुवात हुने बैंकले जनाएको छ। 

\"\"