काठमाडाैं – तपाईँ हामीले भारतको आर्थिक वृद्धिदर यति छ चीन को उति छ अमेरिकाको त झन् यति छ तर नेपालको आर्थिक वृद्धिदर चाहिँ किन थोरै भयो भनेको सुनिरहेका हुन्छौ, हो आज हामी त्यही आर्थिक वृद्धिदर के हो र यसलाई कस्ता कुराहरूले असर गर्दछ भन्ने विषयमा चर्चा गर्ने छौ आउनुहोस् भिडियो सुरु गरौँः
आर्थिक वृद्धिदर के हो ?
कुनै एउटा देश भित्र अघिल्लो वर्षभरि उत्पादन भएको कृषिजन्य बस्तु, औद्योगिक सामाग्रीहरू तथा सेवा क्षेत्र मार्फत प्रदान भएको सेवाहरूको मूल्य जोडेर आउने कुल मूल्यलाई यो वर्ष उत्पादन भएको बस्तु तथा सेवाको कुल मूल्यसँग तुलना गर्दा आउने फरक मूल्यको प्रतिशतलाई आर्थिक वृद्धिदर भनेर भन्दछौ।
जस्तो कि
मानौँ अघिल्लो वर्ष नेपालको कुल बस्तु तथा उत्पादन जसलाई जिडिपी पनि भनिन्छ त्यो रु. चालिस खर्ब त्रियासी अर्ब (४०.८३) खर्ब थियो यो वर्ष जिडिपी बढेर ४२ खर्ब पुग्यो भने आर्थिक वृद्धिदर गणनाको सूत्र अनुसार हिसाब गर्दा नेपालको आर्थिक वृद्धिदर २.८६ प्रतिशत रहेको बुझ्न सकिन्छ ।
हामी किन आर्थिक वृद्धि भएन भनेर सार्वजनिक वृत्तमा चर्चा, चासो र गुनासो सुन्दछौ तर हामीले साँच्चै राम्रो आर्थिक वृद्धिदर हासिल गर्न कस्तो प्रयत्न गरेका छौ त्यसबारेमा भने कमै विमर्श भएको पाउँदछौ।
आर्थिक वृद्धिदरलाई प्रभाव पर्ने मुख्य कुराहरू के के हुन् ?
पुँजीगत बस्तुको स्थिति
उपभोक्ताहरूको लागि चाहिने सेवा तथा बस्तुहरू उत्पादन गर्न आवश्यक पर्ने भौतिक सम्पत्ति जस्तै भवन, उत्पादनका औजारहरू, यन्त्र, उपकरण तथा सवारीसाधानलाई पुँजीगत बस्तु वा Capital Goods भनिन्छ आर्थिक वृद्धिदरको लागि पुँजीगत बस्तुहरूको उल्लेख्य वृद्धि हुन जरुरी हुन्छ जसले आर्थिक वृद्धिदरलाई प्रभाव पर्दछ ।
लगानी
आर्थिक वृद्धिदरलाई प्रभाव पर्ने अर्को कुरा लगानी हो किनकि उत्पादन बढाउनका लागि चाहिने पुँजीगत बस्तु, मानव संसाधन, सीप अभिवृद्धि तथा प्रविधिको विकास जस्ता कुराहरू लगानी बिना सम्भव हुँदैन जसको अभावले अर्थतन्त्रमा सेवा तथा उपभोग्य बस्तु उत्पादन वृद्धि हुन सक्दैन।
विकासित प्रविधिको प्रयोग
आर्थिक वृद्धिदर प्राप्त गर्न कृषि, औधोगिक तथा सेवा लगायतका क्षेत्रहरुमा विकासित प्रविधिको प्रयोगले उत्पादन बढाउँन ठुलो मद्धत पुग्दछ। उत्तिनै मानब स्रोत तथा संसाधन बाट पनि बिकशित प्रविधिको प्रयोगले थोरै समयमा उत्पादनको परिमाणमा ठुलो वृद्धि गर्न सकिन्छ जसले आर्थिक वृद्धिदरलाइ सहजै प्रभाव पार्न सक्दछ।
सीपयुक्त दक्ष अनि शिक्षित जनशक्ति
शारीरिक परिश्रम बाट उत्पादन हुने बस्तु तथा सेवा भन्दा उच्च सीप र शिल्प आवश्यक हुने हवाई जहाज, रकेट, खनिज अन्वेषण, जल बिद्युत्, कम्प्युटर, चिप्स, semiconductor, औषधि, खोप जस्ता जटिल बस्तु उत्पादन बाट उच्च आर्थिक वृद्धिदर हासिल गर्न सकिन्छ। त्यसैले सीपयुक्त दक्ष अनि शिक्षित जनशक्तिको उपलब्धताले आर्थिक वृद्धिमा महत्त्वपूर्ण प्रभाव पर्दछ
पूर्वाधार विकास
समय अनुसार नयाँ नयाँ पूर्वाधार जस्तै यातायात, सञ्चार, ऊर्जा, सडक, सुरुङ मार्ग को विकासले राज्यमा भएको स्रोत (जल, जमिन,खनिज, को उच्चतम प्रयोग गरी बजारका लागि प्रतिस्पर्धी बस्तु तथा सेवा विकास गर्न सहज हुन्छ। त्यसैले समयसापेक्ष पूर्वाधार विकासले आर्थिक वृद्धिदरलाई प्रभाव पर्दछ।
नवप्रवर्द्धन वा startup को वातावरण
नवप्रवर्द्धन वा startup मार्फत नयाँ नयाँ व्यावसायिक बस्तु वा सेवाको विकास हुन्छ यसले मानिसहरूको जीवनलाई आवश्यक पर्ने तर हालसम्म पहिचान नगरिएका नयाँ बस्तु तथा सेवा विकासमा ठुलो भूमिका खेल्दछ। नवप्रवर्द्धन वा startup को राम्रो वातावरणले आर्थिक वृद्धिदर लाइ प्रभाव पर्ने नयाँ बस्तु तथा सेवाको विकास हुने सम्भावना वृद्धि हुन्छ।
प्रतिक्रिया