मंसिर १ गतेदेखि वाणिज्य बैंकहरुमा नयाँ व्याजदर, कुन बैंकको कति ?

मंसिर १ गतेदेखि वाणिज्य बैंकहरुमा नयाँ व्याजदर, कुन बैंकको कति ?

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
अधिकांश वाणिज्य बैंकहरुले नयाँ व्याजदर सार्वजनिक गरेका छ । २७ वटा बाणिज्य बैंकमध्ये १३ वटा बाणिज्य बैंकहरुको नेपाल राष्ट्र बैंकले तोकेको अधिकतम ब्याजदर अधिकतम विन्दु अर्थात १०.०५ प्रतिशत रहेको छ ।

केन्द्रिय बैंकले गत आइतबार बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर वृद्धि सम्बन्धि नयाँ निर्देशिका जारी गरेपछि सबै जसो वाणिज्य बैंकहरुले मंसिरदेखि लागू हुने नयाँ व्याजदर सार्वजनिक गरेका छन् ।  बैंकहरुले सार्वजनिक गरेको नयाँ व्याजदरमा राष्ट्र बैंकको व्याजदर निर्देशन अनुसार अधिकतम ब्याजदरको औषत र न्यूनतम ब्याजदरको औषतमा १० प्रतिशतले ब्याजदर वृद्धि गर्न निर्देशन दिएको थियो ।

अघिल्लो महिना अधिकांश वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा ९.३६ प्रतिशत रहेको व्याजदर प्रकाशन गरेका थिए । सिटिजन बैंक इन्टरनेशनलको अघिल्लो महिना ८.८ प्रतिशत व्याजदर प्रकाशन गरेको थियो । त्यस्तै, सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्ड बैंकले कात्तिकका लागि ७.७५ प्रतिशत मुद्दती खातामा व्याज दिने गरेको थियो । त्यस्तै, नेपाल बैंकले ८.३६ प्रतिशत, कृषि विकास बैंकले ८.८५ प्रतिशत, प्रभु बैंकले ८.५७ प्रतिशत र सनराइज बैंकले ९.०६ प्रतिशत व्याजदर प्रकासन गरेका थिए ।

 अघिल्लो महिना बैंकहरुले पकाशित गरको मुद्दती निक्षेपको अधिकतम ब्याजदरको औषत ९.१३ प्रतिशत रहेको छ । यसको १० प्रतिशत ब्याजदर बढाउँदा १०.०५ प्रतिशत हुने भएकाले नयाँ व्याजदर प्रकाशित गरेको बैंकहरुले बताएका छन ।मंसिरदेखि लागू हुने नयाँ व्याजदरमा सबैभन्दा कम ९.५ प्रतिशत रहेको छ । 

३ वाणिज्य बैंकको ब्याजदर एकल अंकमा, २४ वटाको भने दोहोरो अंकमा 

राष्ट्र बैंकले हस्तक्षेप नै गरेर ब्याज बढाउन सकिने उपल्लो सीमा तोकिदिएपछि २४ वटा बैंकले ब्याज दर वृद्धि गरेका छन्। उनीहरुले माथिल्लो सीमा १०.०५ प्रतिशत ब्याज दर निर्धारण गरेका हुन्।

सरकारी स्वामित्वका नेपाल बैंक र कृषि विकास बैंकले समेत ब्याज बढाएका छन्। यसअघि ब्याज वृद्धिमा खासै रुचि नदेखाएको प्रभु बैंकले समेत वृद्धि गरेको छ। तर तीनवटा वाणिज्य बैंकले माथिल्लो सीमासम्म ब्याज बढाएका छैनन्। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, विदेशी स्वामित्वको स्ट्यान्डर्ड चार्टर्ड बैंक र पूर्ण रुपमा नेपाली निजी क्षेत्रको बैंक मेगाले १०.०५ प्रतिशतभन्दा तलै ब्याज राखेका छन्।

राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणलाई दिने माथिल्लो ब्याज ९.११ प्रतिशत तोकेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले साढे नौ प्रतिशत ब्याज निर्धारण गरेको छ। मेगा बैंकले पनि ९.९६ प्रतिशत ब्याज निर्धारण गरेको छ।