लकडाउनमा फुरेको आइडियाले खुलेको ‘सीटि’

लकडाउनमा फुरेको आइडियाले खुलेको ‘सीटि’


काठमाडाैं – केही समय अघि कोभिड महामारीले विश्वको अर्थतन्त्र नराम्रोसँग प्रभावित भयो । त्यसको प्रभाव नेपालमा पनि नराम्रोसँग पर्यो । अप्ठ्यारो परिस्थिति चुनैतीका साथ आउँछ तर त्यस चुनौतीमा पनि अवसर, सृजनाका नयाँ आयाम पनि सँगै आएका हुन्छन् । कोभिड महामारी बढिरहेका बेला काठमाडौं उपत्यकाका मार्ट, किराना पसल, तरकारी अनि फलफूल पसल हत्तपत्त खुल्दैनथे । अफिसहरू खुले पनि खाना, खाजाको लागि समस्या भइरहेको थियो।

काठमाडौंका उपभोक्ताले भोगिरहेका यो समस्या सम्बोधन गर्न एउटा खाना र खाजाको प्रबन्ध मिलाउने वैकल्पिक माध्यमको आवश्यकता थियो । यी समस्या केही हदसम्म सम्बोधन गर्न  ‘सीटि’ को सुरुवात भयो । सीटिले सजिलै खाना तथा खाजा घरसम्म पुराउने काम गरिदिन्थ्यो ।

स्वस्थ जीवनको लागि स्वास्थ्यकर खाना यो हामी सबैको जीवनको सबै भन्दा महत्त्वपूर्ण पक्ष हो। स्वास्थ्यकर र घरको स्वाद आउने खानाको खोजीमा हामी सबै हुन्छौं । स्वास्थ्यकर खाना, उत्कृष्ट सेवा र घरको स्वाद एकै ठाउँमा कहाँ पाइन्छ भनेर सोच्दा सुबास शाहीको ‘सीटि’ मा भन्दा फरक पर्दैन। सुबासले लकडाउनमा आएका समस्या समाधानको विकल्पलाई नै गतिशील व्यवसायको रूपमा परिणत गरे।

सुबास सीटिलाई सबै सुविधा एकै ठाउँ पाउने डिजिटल एपको रूपमा परिभाषित गर्दै भन्छन्, ‘सिटिको विशेषता एउटै एपबाट सबै सुविधा दिनु हो ।’ सिटिमा हामीले घर तथा अफिसको लागि खाना, खाजा त्यसै गरी होटल बुकिङ्ग, पल्विङ्ग लगाएका सुविधा एउटै एपबाट लिन सक्छौं । सुबास आफ्नो व्यवसायको कुरा गर्दै भन्छन् हामी ग्राहकका घर घरमा खाद्य सामग्री पुर्याइरहेका हुन्छौं । ‘यो एउटा बाहिरी देशहरूमा देखेको सुविधाहरू जस्तै नै हो। ‘नेपाललाई पनि अब डिजिटल परिवेशमा लैजानुपर्छ भन्ने सोच आएर नै मैले यो काम सुरुवात गरेको हो’। उनी भन्छन्, ‘नेपालमा काम गर्न धेरै गाह्रो छ ,नेपालमा वित्तीय सहयोग गर्ने संस्था पाउन पनि गाह्रो छ। तर आत्मविश्वास र दृढताका साथ सुरुवात गर्ने हो भने असम्भव भन्ने केहीमा छैन।’

नेपालमा जुनै पनि काममा ढिलाइ हुने अनि त्यसै माथि विभिन्न असहयोगको वातावरण सृजना हुने गरेको हरेक साना ठूला व्यवसायीको गुनासो छ। हरेक  व्यवसाय गर्न पनि सरकारी  प्रक्रियामा जाँदा धेरै नै सास्ती हुने गरेको अनुभवले भरिएको सुबासको गुनासो छ। उनी भन्छन् , ‘बाहिरी देशहरूमा जस्तै आफै जानेर आफै बसेर काम गर्न अलिकति कठिन भयो। ’बैंकहरुले व्यवसायलाई गम्भीरताका साथ  नलिनु नेपालको विडम्बना रहेको सुबासको धारणा छ। उनी भन्छन्, ‘सरकार वा बैकले कुनै पनि सहायता नगरेपछि सबै जोखिम आफैले लिनु पर्दा गाह्रो नै छ।’ तर अव मैले पनि व्यवसाय गरेको धेरै भयो आफैमा निर्भर भैइहँदा आत्मविश्वास पनि बढ्दो रहेछ।’

नेपालमा व्यवसायीहरूलाई सहायता एकदमै कम छ। जसको कारण पनि पुराना उघमीहरुलाई पनि गाह्रो भएको छ र नयाँ सुरुवात गर्न पनि गाह्रो भएको हो। नेपालको सन्दर्भमा पछिल्लो समयमा धेरै युवाहरू बाहिर गइरहेका छन्। यस्तो अवस्थामा केही सिक्नु छ भने बाहिर जानु पनि उचित रहेको सुबासको बुझाई छ। युवा बाहिर जानुभन्दा ठूलो चुनौती भनेको पलायनको मानसिकता सृजना हुनु हो । देशमा सबैको बिदेसिनु बाध्यता होइन भनेर कुतर्क गर्नुभन्दा पलायनको मानसिकता विकास नै हुन नदिएको खण्डमा बौद्धिक पलायन रोकिएर देशमा  समृद्धिको नयाँ माहौल विकास हुनेमा पक्कै दुई मत छैन।