बैंक–वित्तमा पैसाको हाहाकार, बजारबाट ११ अर्ब ऋण उठाउँदै राष्ट्र बैंक, ब्याजदर अझै बढ्ने संकेत 

बैंक–वित्तमा पैसाको हाहाकार, बजारबाट ११ अर्ब ऋण उठाउँदै राष्ट्र बैंक, ब्याजदर अझै बढ्ने संकेत 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक वित्तीय संस्थाहरुले कात्तिकदेखि लागु हुनेगरि ब्याजदर सार्वजनिक गर्न सुरु गरेका छन्। ब्याजदर सार्वजनिक गरेका बैक वित्तीय सँस्थाहरु मध्ये केहिले असोजको तुलनामा ब्याजको दर घटाएका छन् भने कहिले बढाएका छन्। 

त्यस्तै केहिले यथावत राखेका छन्। असोजको तुलनामा ब्याजदर बढ्ने अपेक्षा विपरित सानिमा बैंकले भने ब्याजदर घटाएको छ भने प्रभु बैंकले यथावत राखेको छ। यता ब्याजदर सार्वजनिक गरेका कृषि विकास बैंक, नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंकले भने बचत, मुद्दती र निक्षेपमा ब्याज झिनोले बढाएका छन्। 

आज ब्याजदर सार्वजनिक गरेका पांच बैंक मध्ये सानिमा बैंकले बचत, मुद्दती निक्षेप र कर्जाको ब्याज घटाएको छ भने प्रभु बैंकले यथावत राखेको छ। सानिमा बैंकले बचतको ब्याजदर न्युनतम ४.५१ र अधिकतम ५ बाट घटाएर ३.५१ र ४ प्रतिशतमा झारेको छ। 

त्यस्तै सानिमाले मुद्दती निक्षेपमा व्यक्तिगत र संस्थागतको पनि ब्याजदर घटाएको छ। व्यक्तिगत न्युनतम ६ र अधिकतम १०.०१ लाई घटाएर ६ र ८.०१ प्रतिशत कायम गरेको छ भने संस्थागतको पनि ९.५१ बाट घटाएर ८.५१ प्रतिशतमा झारेको छ। 

त्यस्तै प्रभु बैंकले बचत, मुद्दती र कर्जाको ब्याजदर यथावत राखेको छ। प्रभु बैंकले बचतमा न्युनतम ३.२५ र अधिकतम ५ प्रतिशत ब्याज कायम गरेको छ भने मुद्दती निक्षेपमा संस्थागत न्युनतम ७.७५ र अधिकतम ८.२५ प्रतिशत कायम गरेको छ भने व्यक्तिगत पनि संस्थागत जति नै कायम गरेको छ। 

तर कृषि विकास बैंकले बचतमा न्युनतम शुन्य दशमलब ५ प्रतिशतले बढाएर ४ प्रतिशत पुर्याएको छ भने अधिकतममा १ प्रतिशतले बढाएर ६ प्रतिशत पुर्याएको छ।    

त्यस्तै राष्ट्रिय बाणिज्य बैंकले बचतमा न्युनतम शुन्य दशमलब ५ प्रतिशतले बढाएर ३।०६ प्रतिशत पुर्याएको छ भने अधिकतम ०.०५ प्रतिशतले बढाएर ६.०५ प्रतिशत पुर्याएको छ। तर कृषि विकास बैंकले मुद्दती निक्षेपमा दिने न्युनतम ब्याजदरमा व्यक्तिगत र संस्थागततर्फ कुनै परिवर्तन नगरी ६ प्रतिशतनै कायम गरेको छ भने अधिकतममा पनि व्यक्तिगत तर्फको दर ९.०६ प्रतिशतलाई घटाएर ८.५५ प्रतिशतमा झारेको छ भने संस्थागततर्फको अधिकतम दर शुन्य दशमलब ५ प्रतिशतले बढाएर ८.५५ प्रतिशत पुर्याएको छ। 

त्यसै नेपाल बैंकले बचतमा न्युनतम तर्फ यथावत राखेर ३.०५ प्रतिशत नै राखेको छ भने अधिकतमको दर १ प्रतिशतले बढाएर ५.५५ प्रतिशत पुर्याएको छ। मुद्दती निक्षेपको दर यथावत राख्दै व्यक्तिगत र संस्थागतको ब्याजदर ८.०५ प्रतिशत कायम गरेको छ। 

कमर्शियल बैंकहरुले बचत, मुद्दती र कर्जाको ब्याज घटाउदै गर्दा केहि फाइनान्स कम्पनीहरुले भने ब्याजको दर बढाएका छन्। आज ब्याजदर सार्वजनिक गरेका मन्जुश्री फाइनान्स, पोखरा फाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, सिन्धु विकास बैंकले झिनो अंकले ब्याजको दर बढाएका छन्। 

यी ४ बैंकले बढाएनन्

यस पटक व्याज नबढाउने बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, स्टाडर्ड चाटर्ड बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक रहेका छन् ।

बजारबाट ११ अर्ब ऋण उठाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ११ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको हो ।सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल आजदेखि बिक्री गर्न लागिएको हो । राष्ट्र बैंकले ९१ दिन अवधिको २० करोड, १८२ दिनको ५ अर्ब र ३६४ दिनका लागि ६ अर्ब गरी कुल ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको केन्द्रीय बैंकले जनाएको छ ।

बजारमा तरलता अभाव भइरहेको कारण देखाउँदै यतिबेला बैंकहरुले भटाभट ब्याजदर बढाइरहेका छन् । यही समयमा केन्द्रीय बैंकले ऋण उठाउने निर्णय गरेपछि बजारमा थप तरलता अभाव भई ब्याजदर अझै बढ्ने त्रास बढेको छ ।

ट्रेजरीको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे बिक्री खुला हुनेछ । बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई केन्द्रीय बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ ।

ट्रेजरी बिल १ वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन (एक वर्षभन्दा कम) अवधिको स्रोत जुटाउन राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट बहुबोल मूल्य विधि अनुसार यस्तो बिल जारी गर्छ ।