बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईबिएल एस क्यापिटलको प्रस्तावित २६ प्रतिशत नगद लाभांश पारित भएको छ । असोज १५ गते सम्पन्न क्यापिटलको नवौं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो ।
यससँगै क्यापिटलका सेयरधनीले आर्थिक बर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २६ प्रतिशत नगद लाभांश पाउने छन् ।
साथै, सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन तथा सोही मितिमा समाप्त भएको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण पारित गरेको छ ।
प्रतिक्रिया