ग्लोबल मनी वीक भनेको पैसाको महत्व बुझाउनु मात्रै होइन

ग्लोबल मनी वीक भनेको पैसाको महत्व बुझाउनु मात्रै होइन


काठमाडौं । ‘प्रोटेक्ट योर मनी,सेक्योर योर फ्युचर नाराका साथ ग्लोबल मनी वीक अभियान विश्वभर मनाइँदैछ । यस वर्ष नेपालमा पनि २०२४ मार्च १८ देखि २४ (२०८० चैत ५ देखि ११) गतेसम्म मनाउदैछ । नेपालका विभिन्न वित्तीय संस्थाहरुले पनि मनाइरहेका छन् । यसै सन्दर्भमा केन्द्रित रहेर हामीले नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीसँग कुराकानी गरेका छौं ।

ग्लोबल मनी वीक अभियान किन बालबालिका र युवा लक्षित छ ?

विशेषगरी युवा र बालबालिका लक्षित ग्लोबल मनी वीक कार्यक्रम सुरुवात गर्नुको कारण के छ भने सामान्यतया पैसाको महत्व के छ र भोलि के गर्न सकिन्छ भन्ने जानकारी दिनु हो । बच्चा, युवाअवस्था मै पैसाको महत्व थाहा पायो भने त त्यहि अनुसार नै कामहरु अघि बढाउछ । ग्लोबल मनी वीकको कार्यक्रम हरुले सोच नै परिवर्तन गराउँदछ । सामान्यतया अहिले कस्तो हुन्छ भने अभिभावकहरुले पैसा ल्याएर दिनुहुन्छ कहाँबाट कसरी ल्याएको हुन्छ त्यो पनि थाहा भएन । अनि खर्च बढि गर्ने । खर्चको लागि के मा खर्चिने भनेर विना योजना खर्च गर्ने बानी बस्दछ । बढि खर्च गर्दै गयो भने पछि उद्यम गर्ला, व्यवसाय गर्ला त्यसमा पनि खर्चको पहिलाको जस्तै भयो भने के हुन्छ । जहाँ पनि व्यवसाय डुबेको कारण के छ भने पैसको, क्यास फ्लोको व्यवस्थापन गर्न नजानेर हो । यदि युथ र बच्चाहरुलाई अहिलेबाटै पैसाको व्यवस्थापन कसरी हुन्छ भन्ने कुरा बुझाउन सक्ने हो भने उनीहरुको बानीमा परिवर्तन हुन्छ र पछि उद्यम व्यवसायबाट सफलता हासिल गर्दछ ।

प्रोटेक्ट योर मनी सेक्योर यो फ्युचर नाराले के सन्देश दिन्छ ?

आज तपाईसँग पैसा छ । सधै त पैसा रहँदैन । भविष्यमा मेरो कमाई पनि हुँदैन र अर्को कुरा मेरो फिजिकल डिसेबल भएर पनि जान सक्छु त्यसैले भविष्य कसले सेक्युर गरिदिन्छ भन्दा त पैसाले हो । त्यसले कफिडेन्स दिन्छ, कफिडेन्स मात्रै होइन सम्बन्ध पनि दिन्छ । त्यसैले आज बचत गर्यो भने भोलि बिरामी हुँदा, दुःख पर्ला र केही गर्नुपर्ला त्यसको लागि पनि सहयोग गर्दछ । पैसा सकेसम्म बचत गरौं । बचत गरौं भन्नुको मतलब खर्चै नगरौ भन्न खोजेको होइन । खर्च नै गरेन भने बजार चलायमान हुँदैन त्यसैले सहि ठाउँमा मात्रै खर्च गरौं ।

नबिल बैंकले सामाजिक उत्तरदायित्व सीएसआर मार्फत कस्ता कार्यक्रम गरिरहेको छ ?

हामीले सामाजिक उत्तर दायित्वको क्षेत्रमा अरु बैंकले भन्दा फरक गरेका छौं । हामीले कोभिडको बेलामा पनि ६ करोड जति पैसा अर्थमन्त्रीलाई नै बुझायौं । हामीले दैविक प्रकोपबाट क्षति भएको ठाउँमा फिल्डमै गएर काम गरेका छौं । त्यो बाहेक युवा उद्यमशिल बनाउ भन्ने हिसाबले हामीले काम सुरु गरेका छौं । यसमा सर्टिफिकेसन कोर्ष र फिलोसोफर हुन्छ । सर्टिफिकेसन कोर्ष ३ महिनाको हुन्छ । हामीले गर्ने भनेको चिया पसल जस्तो होइन कि एक जनाले उद्यम गर्छ वरिपरिकोलाई पनि रोजगार दिन्छ । यसले सोसल उद्यमशीलतामा पनि प्रेरित गर्दछ । त्यस्तो प्रकारको उद्यमशिलतालाई हामीले प्रमोट गर्दछौं । हामीले यो कार्यक्रम सातै प्रदेशमा सुरुवात गरेका छौं । हामीले सेन्ट्रलहरु प्नि थपेका छौं । त्यहाँबाट हामीले उनीहरुलाई कसरी उद्यम गर्ने कसरी ब्रान्डिङ गर्ने र कसरी प्रमोसन गर्ने भन्ने कुराहरु सिकाउँछौं । फिलोसिप कार्यक्रममा त हामीले उद्यमीहरुको विकास गरेका छौं ।

बजेटिङ गर्दा के के कुरामा ध्यान दिनुपर्छ ?

बजेटिङ भनेको रिसोर्स र त्यसको प्लानिङ हो । यो बजेट बनाएपछि मानिस असल हुन्छ । चाहे तपाई विजनेश बजेट बनाउँनुस्, चाहे पारिवारीक बजेट बनाउनुस्, चाहे बैंकको बजेट बनाउनुस् र चाहे सरकारको बजेट बनाउँनुस् । त्यसले एउटा डाइरेक्सन दिन्छ । ग्लोबल मनी वीक भनेको पैसा मात्रै बुझाउनु होइन । हाल हाम्रो देशको अवस्था यस्तो छ कि बैंकिङ र यसको प्रोसेस कसरी हुन्छ भनेर बैंकिङ्ग बाहेक राज्यका अन्य अंगहरुलाई, संयन्त्रहरुलाई, पुलिस प्रशासनहरुलाई पनि बुझाउन सक्नुपर्दछ भन्ने लाग्छ ।