बैंकिङ्ग समाचार ।
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले ७१ औं वार्षिक साधारण सभाको लागि चैत ४ गते बुक क्लोज तोकेको हो । चैत ३ गते आजसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।
कम्पनीले चैत्र २१ गते शुक्रबार बिहान ११ बजे सिनामंगल को एयरपोर्टको होटेलमा सभा आह्वान गरेको छ ।
सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र २.८९ प्रतिशत नगद लाभांश वितरण अग्रने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
सभामा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गर्ने, सामुहिक लगानी कोष योजना संचालन गर्ने गरी उदेश्य थप गर्ने लगायतका प्रस्ताव पेश हुनेछन् ।
प्रतिक्रिया