राष्ट्र बैंकको नयाँ निर्देशनमा बैंकर मनोज ज्ञवालीको विश्लेषणः बैंकहरुको मुनाफामा ७.४ अर्बको गिरावट हुनसक्ने 

राष्ट्र बैंकको नयाँ निर्देशनमा बैंकर मनोज ज्ञवालीको विश्लेषणः बैंकहरुको मुनाफामा ७.४ अर्बको गिरावट हुनसक्ने 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

बैंकर मनोज ज्ञवालीले नेपाल राष्ट्र बैंकबाट जारी नयाँ सर्कुलरको असर बैंकहरुको मुनाफामा पर्ने बताएका छन् । सामाजिक सञ्जालमा नयाँ व्यवस्थाको असरका बारेमा स्पष्ट पार्दै उनले हाल कायम रु. ४१.५ खरब मध्य खराब कर्जा, वाचलिस्टको कर्जा र पुनरतालीकिकरण गरिएका कर्जा घटाउदा रु.३९   खर मा थप ०.३०५ नोक्सानी ब्यबस्था गर्दा रु ११.७ अरब थप कर्जा नोक्सानी ब्यबस्था गर्नुपर्ने देखिएको बताए । यसले बैकिङको खुद मुनाफा रु ७.४  अरबले घट्ने देखिन्छ। बढि कर्जा रकम रहेका बैकहरुको मुनाफामा आ.ब. २०७७/७८ मा बढि असर पर्ने देखिएको उनको विश्लेषण छ । 

नेपाल राष्ट्र बैंकको आज जारी निर्दैशन र यसको बैकिङमा असर

१. असल बर्गमा बर्गिकरण रहेका कर्जाहरुमा हाल १ % कर्जा नोक्सानी ब्यबस्था कायम गर्नुपर्नेमा अब १.३० % कर्जा नोक्सानी ब्यबस्था कायम गर्नुपर्ने।

असर:यसले गर्दा हाल कायम रु. ४१.५ खरब मध्य खराब कर्जा, वाचलिस्टको कर्जा र पुनरतालीकिकरण गरिएका कर्जा घटाउदा रु. ३९   खर मा थप ०.३०% नोक्सानी ब्यबस्था गर्दा रु ११.७ अरब थप कर्जा नोक्सानी ब्यबस्था गर्नुपर्ने देखिन्छ। यसले बैकिङको खुद मुनाफा रु ७.४  अरबले घट्ने देखिन्छ। बढि कर्जा रकम रहेका बैकहरुको मुनाफामा आ.ब. २०७७/७८ मा बढि असर पर्ने देखिन्छ।

२. कोरोना प्रभावित व्यवसायलाई नेपाल राष्ट्र बैंकको निर्दैशन अनुरूप नै थप गरिएको चालुपुँजीको २० % र आवधिक कर्जाको १० % को हकमा निर्धारित समयमा भुक्तानी हुन नसकेमा ५ % कर्जा नोक्सानी ब्यबस्था कायम गर्नुपर्ने। भुक्तानी अबधि १ बर्ष सम्म थप गर्न सक्ने।
असर: यसले गर्दा २५ % वा सो भन्दा बढि कर्जा नोक्सानी व्यबस्था गर्नुपर्ने भएका कर्जाहरु पनी ५% कर्जा नोक्सानी ब्यबस्था गर्नुपर्ने हुदा मुनाफामा सकारात्मक असर नै पर्ने देखिन्छ। भुक्तानी नियमित भएका कर्जाहरुमा असल कर्जा जस्तै १.३० % गरे पुग्ने देखिन्छ।

३. आ.ब. २०७७/७८  को अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशत गर्न साउन मसान्तसम्म  समय थप।

असर: बैकिङ ले वित्तीय बितरण प्रकाशित गर्न थप समयाबधी पाउने हुंदा खराब कर्जा ब्यबस्थापनमा सहजता हुने, असुलीमा समायाबधि थप प्राप्त हुने।

४. २०७८ असार मसान्त भित्रमा असुल हुनुपर्ने ब्याज रकमलाई असुल गर्ने समयाबधि भदौ १५ गतेसम्म दिने।

असर: बैकिङ ले वित्तीय बितरण प्रकाशित गर्न थप समयाबधी पाउने हुंदा खराब कर्जा ब्यबस्थापनमा सहजता हुने र बैकिङको बितरणयोग्य मुनाफामा बृद्दि हुने।

५.कर्मचारीको दक्षक अभिवृद्धिको लागी गर्नुपर्ने कूल तलब भत्ता खर्चको ३ % रकम खर्च गर्नुपर्ने ब्यबस्था २०७७/७८ को लागी अनिवार्य नहूने।

असर: कोरोनाको बेलामा तालिम खर्च हुन मुस्किल हुने अबस्थालाई सहजता प्रदान गर्दा बैकिङको मुनाफामा सकारात्मक असर पर्ने।

६. आ.ब.२०७७/७८ को लाभांश वितरण गर्दा खुद बितरणयोग्य मुनाफाको ३० % वा २०७८ असार मसान्तमा कायम निक्षेपको भारत औसतदरको प्रतिशत भन्दा बढि नहूने गरि बितरण गर्न सकिने। यस्तो वितरण योग्य मुनाफा ५ % भन्दा कम भएमा कर प्रयोजनको लागी बाहेक नगद लाभांश वितरण गर्न नपाउने।

असर: बैकिङको लाभांश नगदको साटो बोनस शेयरको रुपमा निर्णय हुने। गत बर्ष कै व्यबस्था कायम रहेको।

मनोज ज्ञवाली नबिल बैंकमा डिजीएमको रुपमा कार्यरत छन ।