कसरी उत्कृष्ट बन्यो कामना सेवा विकास बैंक, यसो भन्छन सिईओ बस्नेत 

कसरी उत्कृष्ट बन्यो कामना सेवा विकास बैंक, यसो भन्छन सिईओ बस्नेत 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनोज रेग्मी, काठमाडौं । 
कामना सेवा विकास बैंक संकटमा पनि आफ्नो वित्तीय अवस्था चुस्त राख्न सफल देखिन्छ । कुनै बेला विकास बैंकहरुको लहरमा पुच्छरमा देखिएको कामना सेवा विकास बैंक अहिले आफुलाई अब्बल र स्मार्ट सावित\"\" गरेको देखिन्छ । बैंकले संकटका बेला पनि आफ्नो वित्तीय अवस्था खस्किन त दिएन नै, ग्राहकलाई पनि सधैँ साथ दिँदै आएको छ।  

नेपालका थुप्रै जिल्लाबाट सेवा प्रदान आइरहेको यस बैंकले ग्रामीण भेगका साना–साना किसान तथा व्यवसायीलाई उत्थान र प्रोत्सान गरेको पाइन्छ । बैंकलाई ग्रोथको बाटोमा दौडाउनको लागि थुप्रै महत्वपूर्ण वित्तिय सूचकहरुमा बैंक अगाडी छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७० करोड २ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन पनि गरेको छ । यो विगतका आर्थिक वर्षको तुलनमा ६ गुणा बढि नाफा हो । प्रकाशित विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.९२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २२.८३ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ५५.८७ प्रतिशतले घट्दा बैंकको सञ्चालन मुनाफा ३३४.२२ प्रतिशत बढेको हो।

आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा ४३ करोड ४५ लाख रुपैयाँ धनात्मक भएको छ । गत आर्थिक वर्षमा १३ करोड ७४ लाख रुपैयाँ ऋणात्मक रहेको थियो । बैंकको प्रतिशेयर आम्दानी पनि २ रुपैयाँ १६ पैसाबाट बढेर २६ रुपैयाँ ४० पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ४८ पैसाबाट बढेर १४८ रुपैयाँ ६१ पैसा पुगेको छ। समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ४.४० प्रतिशत, जगेडा कोष ९४.२० प्रतिशत, निक्षेप ३९.३२ प्रतिशत र कर्जा ४९.७७ प्रतिशत बढेको छ।

कर्जा प्रवाहमा आर्कमक बन्दै साना व्यवसायीहरुलाई उद्यमी बनाउने बैंकको सपना छ । बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा प्रविण बस्नेत कार्यरत छन । उनीसँग बैंक तथा वित्तिय क्षेत्रमा लामो समयसम्म काम गरेको अनुभव छ । मिडियामा कमै बोल्न रुचाउने उनीसँग कार्यहरुलाई कसरी ‘स्ट्राटेजिक’ बनाउने भन्ने खुबी छ । आफुहरुले बैंकलाई २०८० सम्ममा स्मार्ट र अब्बल बनाउने तवरले काम गरिरहेको बताउँछन । उनी भन्छन, ‘आजको अवस्थासम्म आइपुग्दा बैंकले जुन प्रकारको वित्तिय सुचाङक प्रस्तुत गरेको छ यसको श्रय बैंकका आम कमचारी र सञ्चालकहरुलाई दिनुपर्ने म ठान्दछु ।’

सधैँ समयलाई आत्मसाथ गर्न सक्ने खूबी भएको यो बैंक पछिल्लो समय विकसित प्रविधि सँगसँगै पनि लम्किरहेको छ । आफुलाई हरेक हिसाबले स्मार्ट बनाउने उनीहरुको पनि योजना छ । सञ्चालकतर्फ र कर्मचारीबाटको गतिलो साथले दैनिक कामकार्य सहज भएको बताउँदै उनले भने, ‘आज अवस्था बद्लिएको छ । बैंकको प्रगती गतिमा छ । अझै पनि थुप्रै कामहरु गर्न बाँकी छ ।’ 

पछिल्लो समय आफुहरुले युनिक 'इनोभेटीभ प्रोडक्ट' प्रस्तुत गर्ने कुरामा पनि ध्यान दिएको उनी बताउँछन । जस्तै उदाहरणको लागि कामना सेवा विकास बैंकले शेयर मार्केटमा बुल आउनुभन्दा अगावै 'प्रि–अप्रुभड शेयर लोन' निकाल्योे । त्यसमा आफना ठिक कागजात पेश गरेको खण्डमा निश्चित रकम बुक गर्न पाउने व्यवस्था हुन्छ । त्यसपछि शेयर किन्न वातावरण मिल्छ ।  त्यसैले आफुहरु सानो भएपनि नयाँ प्रविधि र नयाँ प्रोडक्टहरु निस्कासन गर्न कतै नचुकेको सिईओ बस्नेतको दाबी छ । 

कामना सेवाले साना ऋणिहरुलाई फोकस गरेको उनी बताउँछन । कर्जा प्रवाहको ३० प्रतिशत ग्राहकहरुले करिव १५ लाखसम्मको मात्रै ऋण माग गर्ने गरेको बैंकको तथ्याङक छ । राष्ट्र बैंकका सहुलियतपूर्ण कर्जा र पूर्नकर्जाका विषयमा आफुहरु अत्यन्तै गम्भीर भएर पालना गरेको सिईओ बस्नेत बताउँछन । कर्जाको विषयमा थप स्पष्टिकरण दिँदै उनले भने, ‘जसले मिहनेत गर्छ । सानो व्यवसायबाट सुरुवात गर्न चाहेको छ । उसलाई सहयोग नगर्ने भन्ने नै हुँदैन । तर त्यस्ता मानिसहरुसँग बलियो योजना भने अनिवार्य हुनुपर्छ ।’ 

उत्पादनशील क्षेत्रमा लगानी गर्दा त्यहाँ गरिने अनुगमन, मिहनेत, प्रयासहरु जती पनि कुराहरु छन केही झनझट पक्कै छन । खर्चिलो पनि छ । कृषि क्षेत्रको उत्थानको र लगानीको हकमा कामना सेवा विकास बैंक लागिरहेको बस्नेत बताउँछन । ‘नेपालको भौगोलिक परिस्थितीको कुरा गर्दा यहाँ केही त्यस्ता क्षेत्रहरु छन, जहाँ बैंक तथा वित्तिय संस्थाहरुले लगानी गरी बलियो बन्न सक्छन । पहिलो कृषि, जहाँ ८० प्रतिशत जनताहरु कृषिमा आधारीत छन । हामीले कृषि प्रधान देश त भनेका छौँ तर नेपालमा छरिएर रहेका जग्गाहरु, भिराला भिर-पाखाहरु यस्तै विभिन्न खाले जमिनले पनि नेपालमा कृषिको उत्थानको विषयमा एकपटक सोच्नै पर्छ, उनी बताउँछन।’  ‘हामी मुलुकको अवस्था, राजनितिक, सामाजिक, आर्थिक परिवेशलाई नियाल्दै काम गरिरहेका छौँ । अझै प्रगती हुँदै जाने हाम्रो योजना छ । हामी सफल पक्कै हुन्छौँ ।’ 

यो पनि