यूनाइटेड इन्स्योरेन्स कम्पनी अर्बपति क्लबमा प्रवेश, १०० करोडमाथिको बीमाशुल्क आर्जन 

यूनाइटेड इन्स्योरेन्स कम्पनी अर्बपति क्लबमा प्रवेश, १०० करोडमाथिको बीमाशुल्क आर्जन 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं । 
गत आर्थिक वर्षको जेठ महिनाको तुलनामा चालु आर्थिक वर्षको जेठ महिनामा बैंकहरुको औसत ब्याजदर घटेको छ ।

बैंकहरुले प्रवाह गर्ने कर्जाको औसत ब्याजदर ८.८६ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्षको यही अवधिमा बैंकहरुको कर्जाको औसत ब्याजदर १०.४३ प्रतिशत थियो ।

यस्तै ०७८ जेठमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.७२ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्ता दरहरु ६.१७ प्रतिशत थियो ।यसअवधिमा बैंकहरुको औसत आधारदर ८.६६ प्रतिशतबाट घटेर ६.६६ प्रतिशत कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार गत वर्षको यसै अवधिको तुलनामा २ प्रतिशत बिन्दुले आधार दर घटेको छ। वित्तीय प्रणालीमा तरलता प्रशस्त भएको हुँदा बैंकहरुले निक्षेपको ब्याज घटाएका कारण आधार दर घटेको हो।

यसैगरी २०७७ जेठमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.८१ प्रतिशत रहेकोमा २०७८ जेठमा ३.७९ प्रतिशत पुगेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७७ जेठमा २.८० प्रतिशत रहेकोमा २०७८ जेठमा ३.२१ प्रतिशत रहेको छ।

अन्तरबैंक कारोबारको ब्याजदर बढेको हो । मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७८ जेठमा ३.२४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १५.३ प्रतिशत र निजी क्षेत्रको कर्जा २४.९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २०.८ प्रतिशत र निजी क्षेत्रतर्फ प्रवाहित कर्जा वृद्धिदर २६.३ प्रतिशत छ ।

राष्ट्र बैंकका अनुसार बार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१९ प्रतिशत छ । आयात २५.७ प्रतिशतले र निर्यात ३७.८ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १२.६ प्रतिशत र अमेरिकी डलरमा १०.४ प्रतिशतले बढेको छ ।

यसैगरी शोधनान्तर स्थिति १५ अर्ब १५ करोडले घाटामा छ । कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७१ करोड अमेरिकी डलर रहेको छ ।

संघीय सरकारको खर्च रु.९१६ अर्ब ८५ करोड र राजस्व परिचालन रु.८१२ अर्ब३५ करोड छ । विस्तृत मुद्राप्रदाय १६.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २१.४ प्रतिशतले बढेको छ ।