नेसनल हाइड्रोपावरको साधारण सभा आज, लगानीकर्ताको हात खाली

नेसनल हाइड्रोपावरको साधारण सभा आज, लगानीकर्ताको हात खाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं ।
 नेसनल हाइड्रोपावर कम्पनीले आज बिहीबार असार ३१ गते वार्षिक साधारण सभा आयोजना गर्दैछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं विनायकनगरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव छ ।

यस्तै, आर्थिक वर्ष २०७७–७८ को लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ । कम्पनीले विगतमा जस्तै यसपालि पनि लगानीकर्तालाई लाभांश नदिने भएको छ । सभामा लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समेटिएको छैन । यसअघि कम्पनीले चैत २७ गते बोलाएको सभा गणपुरक संख्या नपुगेपछि स्थगित गरिएको थियो ।