बैकिङ्ग समाचार ।
माछापुच्छ्रे बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा सन्तोष कोइरालाले पाएका छन् । सीइओ सुमन शर्माले बैंक छोड्ने निर्णय गरेसंगै नायव प्रमुख कार्यकारीको जिम्मेवारीमा रहेका कोइरालाले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका हुन् । कोइरालाले चैत १ गतेदेखि लागु हुने गरी नयाँ कार्यभार सम्हाल्ने छन् ।
नेपाल राष्ट्र बैंकको ब्यबस्था अनुसार बैंकले ३ महिना भित्र सीईओ नियुक्त गरिसक्नु पर्ने छ । उनले नै सीइओको जिम्मेवारी पाउने बैंक स्रोतले जनाएको छ ।
७ वर्ष अगाडी माछापुच्छ्रे आएका कोइराला दुई वर्षदेखि नायव प्रमुख कार्यकारी थिए। २१ वर्षको बैंकिङ अनुभव रहेका कोइराला यस अगाडी बैंक अफ काठमाण्डू र सानिमा बैंकमा काम गरेका थिए ।
प्रतिक्रिया