बैकिङ्ग समाचार, काठमाडौं ।
वाणिज्य बैंकहरुले बचत तथा मुद्दतीको नयाँ ब्याजदर आज असार १ देखि लागू गरेका छन्। केहीले बचत खातामा दिँदै आएको न्यूनतम ब्याजदर बढाएका छन् भने अधिकतमको सीमालाई यथावत राखेका छन्। त्यस्तै मुद्दती खातामा पनि बैंकहरुको ब्याजदर प्राय स्थिर छ। यस्तो छ बैंकहरुले परिर्वतन गरेको नयाँ ब्याजदर :
नेपाल बैंक
नेपाल बैंकको बचतमा न्यूनतम साढे २ तथा अधिकतम खाताका प्रकारअनुसार ४ प्रतिशतसम्म छ। मुद्दतीमा बैंकले ३ महिनासम्मको लागि व्यक्ति र संस्था दुबैलाई साढे ५ तथा ३ महिनाभन्दा माथिको मुद्दतीमा ६ प्रतिशत ब्याजदर तोकेको छ। त्यस्तै ६ महिनाभन्दा बढी अवधिको लागि व्यक्ति र संस्था दुबैलाई ७ प्रतिशत ब्याजदर तोकेको छ।
नविल बैंक
नविल बैंकले बचतमा न्यूनतम २.५१ अधिकतम ४.५१ प्रतिशतसम्म ब्याजदर तोकेको छ। व्यक्तिगत मुद्दतीमा बैंकले ३ महिनाको ५ प्रतिशत तथा ६ महिनामाथिको ७.०१ प्रतिशत तोकेको छ। संस्थागततर्फ मुद्दतीमा सो बैंकले ३ महिनाको ४.०१ प्रतिशत, ६ महिनामाथिको ५.५१ प्रतिशत तथा १ वर्षमाथिको ७.०१ प्रतिशत तोकेको छ।
कुमारी बैंक
कुमारी बैंकले बचतमा २ प्रतिशतदेखि ४ प्रतिशतसम्म तोकेको छ। मुद्दतीमा व्यक्तिगततर्फ ३ महिनादेखि ६ महिनासम्मको लागि ६ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मको लागि साढे ६ प्रतिशत, १ देखि २ वर्षसम्म ६.७५ प्रतिशत र २ वर्षभन्दा माथिको लागि ७ प्रतिशत तोकेको छ। संस्थाहरुलाई मुद्दतीमा ३ देखि ६ महिनासम्मका लागि ५.५ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मका लागि ६ र १ वर्षभन्दा माथिको लागि ७ प्रतिशत तोकेको छ।
एनआइसी एसिया बैंक
एनआइसी एसिया बैंकले बचतमा न्यूनतम २.५६ प्रतिशत तोकेको छ। ३ महिना र सोभन्दा माथिको व्यक्तिगत तथा संस्थागतलाई ७.५६ प्रतिशत ब्याजदर तोकिएको छ।
एनएमबि बैंक
एनएमबि बैंकले बचतमा ३.६ देखि ५.६ प्रतिशतसम्म तोकेको छ भने मुद्दतीमा व्यक्तिगततर्फ ७.८ प्रतिशत (२ वर्षमाथि), १ वर्षदेखि १८ महिनासम्मका लागि ७.६ प्रतिशत तोकेको छ। व्यक्तिगतमा ३ महिनाभन्दा कम अवधिको लागि साढे ६ प्रतिशत व्याजदर छ। संस्थागततर्फ ३ देखि ६ महिनासम्मका लागि ६.५ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मको ६.७५ प्रतिशत र १ वर्षदेखि डेढ वर्षसममका लागि ७।६ प्रतिशत तोकेको छ। संस्थागतमा नवीकरण गर्दा भने त्यसैमा ०.१० प्रतिशतसम्म बढी दिइने बैंकले जनाएको छ।
मेगा बैंक
मेगा बैंकले बचतमा न्यूनतम २.२५ देखि अधिकतम साढे ३ प्रतिशतसम्म तोकेको छ। त्यस्तै व्यक्तिगत र संस्थागत दुवैमा मुद्दतीमा ७.२५ प्रतिशत तोकेको छ।
सानिमा बैंक
सानिमा बैंकले बचतमा न्यूनतम २.०५ प्रतिशतदेखि ४.०५ प्रतिशतसम्म दिने गरेको छ। मुद्दतीमा बैंकले व्यक्तिगततर्फ ३ महिनाको लागि ५.०५ प्रतिशत तथा ६ महिनाभन्दा माथिको लागि व्यक्ति र संस्था दुबैलाई ६.५५ प्रतिशत तोकेको छ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले बचतमा न्यूनतम २.७६ देखि अधिकतम साढे ४ प्रतिशतसम्म तोकेको छ। मुद्दतीतर्फ संस्थाहरुलाई ७.७६ प्रतिशत र व्यक्तिगततर्फ ३ महिनादेखि १ वर्षसम्मको ७.५ र १ वर्षमाथिको लागि ७.७६ प्रतिशत तोकेको छ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रेले बचत खातामा न्यूनतम ३.१ प्रतिशत र अधिकतम ४ प्रतिशतसम्म दिने गरेको छ। त्यस्तै मुद्दतीमा व्यक्तिगततर्फ ७.५१ तथा संस्थागततर्फ ८.०१ प्रतिशतसम्म तोकेको छ।
प्रभु बैंक
प्रभु बैंकले बचतमा २ प्रतिशतदेखि ४ प्रतिशतसम्म तोकेको छ भने संस्थागत तथा व्यक्तिगत दुवै मुद्दतीमा ७ प्रतिशतसम्म तोकेको छ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले बचतमा न्यूनतम साढे २ र अधिकतम ४ प्रतिशतसम्म तोकेको छ। त्यस्तै व्यक्तिगत मुद्दतीमा ३ देखि ६ महिनासम्मका लागि ६.५ प्रतिशत तथा ६ महिनादेखि माथिका लागि ७ प्रतिशत तोकेको छ। त्यस्तै संस्थाहरुका लागि ७ प्रतिशत तोकिएको छ।
लक्ष्मी बैंक
बैंकले बचतमा न्यूनतम साढे २ प्रतिशत ब्याजदर कायम राखेको छ भने बचतमा अधिकतम साढे ५ प्रतिशतसम्म तोकेको छ। त्यस्तै मुद्दतीमा ६ महिनासम्मको व्यक्तिलाई ७ तथा संस्थाहरुलाई साढे ६ प्रतिशत तोकिएको छ। ६ महिनामाथिको बचतमा संस्था र व्यक्ति दुवैलाई ७ प्रतिशत तोकेको छ।
सिटिजन्स बैंक
सिटिजन्स बैंकले बचत खातामा न्यूनतम २.५५ प्रतिशत तथा अधिकतम ४.५५ प्रतिशतसम्म ब्याज दिनेगरी नयाँ सूची निकालेको छ। बैंकले मुद्दतीमा संस्था र व्यक्ति दुवैतर्फ ७.५५ प्रतिशतसम्म तोकेको छ।
सिभिल बैंक
सिभिल बैंकले बचतमा न्यूनतम ३.५५ प्रतिशतदेखि ५.५५ प्रतिशतसम्म तोकेको छ। व्यक्तिगततर्फको मुद्दतीमा पनि बैंकले दिने ब्याजदर तुलनात्मक रुपमा अन्यकोभन्दा बढी छ। १ देखि २ वर्षसम्मको अवधिका लागि व्यक्तिगत मुद्दती खातालाई ८ प्रतिशत तथा २ वर्षमाथिको अवधिका लागि ८.५५ प्रतिशत तोकेको छ। त्यस्तै संस्थागततर्फ ३ महिनाका लागि ७.१५ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मका लागि ७.५१ तथा १ वर्षमाथिको लागि ७.७५ प्रतिशत तोकेको छ।
प्रतिक्रिया