अब विदेशी लगानी ल्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने, मुद्रा सटहीमा पनि सहज

अब विदेशी लगानी ल्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने, मुद्रा सटहीमा पनि सहज

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।
अब विदेशी लगानीकर्ताले प्रत्यक्ष वैदेशिक लगानी नेपालमा भित्र्याउन नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंक बिदेशी लगानी तथा विदेशी ऋण ब्यवस्थापन बिनियमावली–२०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको बिनियमावली भनिएको छ,‘ विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरे पश्चात सोबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिन अनिवार्य हुनेछैन । तर, विदेशी लगानी स्वीकृत भए पश्चात विदेशी मुद्रा भित्र्याउनु वा पठाउनु पूर्व, अनुसूची–२ को ढाँचामा एकाईमा लिखित जानकारी दिनु पर्नेछ ।’

नेपाल भित्रिएको विदेशी लगानीबापतको रकम बैंक तथा वित्तीय संस्थाले सम्बन्धित कम्पनी तथा उद्योगको खातामा जम्मा गर्न सक्छन्। यसका लागि नौ वटा कागजपत्र आवश्यक पर्ने फनि बताइएको छ । यस्तै, राष्ट्र बैंकले विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजान विदेशी मुद्राको सटहीमा पनि केही सहजीकरण गरेको छ ।

विनियम ३ र विनियम ४ बमोजिम नेपाल भित्रिएको विदेशी लगानीबापतको रकम र प्रचलित कानूनबमोजिमको विदेशी लगानीलाई लेखाङ्कन गराउन विदेशी लगानी भएको कम्पनी÷उद्योग वा विदेशी लगानीकर्ताले अनुसूची–६ बमोजिमका कागजातहरू संलग्न गरी विदेशी मुद्रा भित्रिएको वा विदेशी लगानी भएको छ महिनाभित्र अनुसूची–७ को ढाँचामा एकाईमा निवदेन पेश गर्नुपने उल्लेख छ ।

विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजाने सटही सुविधा प्रदान गर्दा विदेशी लगानी स्वीकृत गर्ने निकाय वा सम्बन्धित निकायको स्वीकृति÷सिफारिसको आधारमा गरिनेछ । तर, विदेशी लगानी स्वीकृत गर्ने निकाय वा सम्बन्धित निकायको स्वीकृति/सिफारिस उपलब्ध नहुने प्रकृतिको कारोबार वा शाखा कार्यालयहरूमार्फत हुने कारोबारसँग सम्बन्धित सटही सुविधा आवश्यक प्रमाण र औचित्यको आधारमा राष्ट्र बैंकबाट विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजान सटही सुविधा प्रदान गर्न सकिनेछ ।