लघुवित्तहरुको निष्क्रिय कर्जामा उल्लेखनिय वृद्वि

लघुवित्तहरुको निष्क्रिय कर्जामा उल्लेखनिय वृद्वि


काठमाडौं- चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जामा उल्लेखनिय वृद्वि भएको छ । २०८० पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त संस्थाहरुको निष्क्रिय कर्जा रकममा उल्लेखनिय वृद्वि भएको हो । थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०८० असारको तुलनामा १०.३२ प्रतिशतले ह्रास भई २०८० पुस मसान्तमा ५४ अर्ब ८ करोड पुगेको छ ।

समीक्षा अवधिमा उक्त लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा तथा सापटीमध्ये निष्कृय कर्जा १ अर्ब २२ करोड अर्थात २.२५ प्रतिशत रहेको छ । २०८० असार मसान्तमा निष्कृय कर्जाको अनुपात ०.७१ प्रतिशत रहेको थियो भने २०७९ पुस मसान्तमा यस्तो अनुपात ०.८७ प्रतिशत मात्र रहेको थियो । समीक्षा अवधिमा निष्क्रिय कर्जा १८५.६५ प्रतिशतले बढेको छ भने सक्रिय कर्जा ११.७१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा निष्क्रिय कर्जा १२१.०२ प्रतिशतले बढेको थियो भने सक्रिय कर्जा २.६९ प्रतिशतले बढेको थियो । २०८० पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक संस्थाहरुले पुनरतालिकिकरण गरेको कर्जा रकम २६ करोड रहेको छ ।

याे पनि

त्यस्तै, गत पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा रकममा पनि वृद्वि भएको छ । खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम असारको तुलनामा ३.६६ प्रतिशतले बढेर २०८० पुस मसान्तमा ३ खर्ब ८५ अर्ब ५३ करोड पुगेको देखिन्छ । यसैगरी २०८० पुस मसान्तमा निष्क्रिय कर्जा २८ अर्ब ८९ करोड अर्थात ७.४९ प्रतिशत रहेको छ । २०८० असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात ५.५२ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निष्क्रिय कर्जाको वृद्धिदर ४०.७८ प्रतिशत छ जुन गत आर्थिक वर्षको सोही अवधिमा ८२.६२ प्रतिशतले बढेको थियो । २०८० पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक संस्थाहरुले पुनरतालिकिकरण गरेको कर्जा रकम ४२ अर्ब १७ करोड रहेको छ ।

याे पनि