बैकिङ्ग समाचार ।
गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द ढकाल पुनः नियुक्त भएका छन ।
बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो । उनले ४ वर्षे कार्यकाल पुरा गरेपछि सञ्चालक समितिले पुनः नियुक्ति गरेको हो ।
उनको कार्यकाल आगामी वैशाखदेखि सुरु हुने छ । सीईओ ढकाल नेपाल विकास बैंकर्स एसोसियसनका अध्यक्ष समेत हुन ।
प्रतिक्रिया