स्वदेशमै सम्भव छ

तीन पुस्तादेखि चलिरहेको ‘चियावाला’

तीन पुस्तादेखि चलिरहेको ‘चियावाला’


काठमाडौं–सामाजिक सञ्जालमा अहिले ‘चियावाला’ चर्चामा छ । चिया मन पराउनेहरूका लागि त चियावाला अत्यन्तै सुन्दर र शान्त ठाउँ भएको छ । अन्य चिया पसल भन्दा फरक वातावरणसँगै विभिन्न स्वादको चिया पाउने हुदाँ चियावालामा मान्छेको भिड बढ्दै गएको छ । महँगो परिवेशलाई परित्याग गरि साधारण सजावट, मिठो चिया, सुन्दर वातावरण र यहाँको सर्भिसको चर्चा बढिरहेको बेला हामी पनि त्यहाँ पुग्यौ । चियावालामा पुराना झयाल–ढोका, भुँइमा ओछाइएको गलैँचा, विगे्रको पुरानो टिभीले यो ठाउँमा सुन्दरता थपेको छ ।
भिडियो

चियावालाको यो तीन पुस्ता हो । तीन पुस्तामा शान्ति पाण्डेले चावहिलको ब्रान्च सम्हाल्दै छिन । चियावालालाई सुनिताको दाईले शुरुमा निरन्तरता दिएका हुन । अहिले सम्म चारवटा ब्रान्च खुलिसकेको छ । शान्ति भन्छिन,‘हामी चिया पसलमा जन्मेकका-हुर्केका हौं । दाईले बुबाको कामलाई निरन्तरता दिनुभयो । मैले पनि जागिर छोडेर यही व्यवसायमा होमिन रुचाँए।’

चियावालाको मेनुमा पनि विभिन्न प्रकारका अनौठो र रोचक स्वादहरू छन । यहाँ पाइने चियाको ९० प्रतिशत नेपालका विभिन्न स्थानबाट ल्याइएको छ । पाण्डे भन्छिन, ‘मेनुमा सबैभन्दा लोकप्रिय पेय घनश्याम चिया हो । एक साधारण कप दूध चिया जसलाई हामिले बुबाको नाममा राखेका हौ ।’ चियाजस्तै मेरो बुवा पनि साधारण र शुद्ध मानिस हुनुहुन्थ्यो। त्यसैले यो चिया उहाँकै नामबाट राखेका छौं ।’ ‘चिया हाम्रो संस्कृतिमा छ । चिया आफैमा एउटा लत हो । यो बहुसंख्यक नेपालीहरूका लागि मुख्य आधार बनेको छ । तर एउटै दूधको चिया पिउने फरक तरिका हुनसक्छ भनेर कसलाई थाहा थियो र चियावालामा सय थरिको चिया पाउँछ’उनले भनिन ।

चिया लभरहरुको लागि आनन्दपूर्र्ण वातावरण सहित मिठो चिया खुवाउनु चियावालाको उद्देश्य रहेको शान्ति बताउँछिन । उनी भन्छिन, ‘चियावाला सबै उमेर र पेसाका चिया प्रेमीहरूको लागि एक लोकप्रिय स्थान हो । चियावालासँग स्वादका लागि, स्वास्थ्यका लागि र अनन्त कुराकानीका लागि चिया छ ।’ चियावालामा बढि जसो महिला कर्मचारीले काम गरिरहेको देख्न सक्छौं । कोही चियामा स्वाद थपिरहेका हुन्छन त कोही धमाधम अर्डर लिइरहेका हुन्छन । चियावालामा कामको लागि पहिलो प्राथमिकता महिला दिदि बहिनीलाई रहेका सुनिता बताउँछिन । चियावालाको सबै ब्रान्चमा महिला कर्मचारीहरूको सख्ंया बढि देख्न सक्छौ । ‘सानो बहिनीहरू जो पढाईसँगै नेपालमा केही गर्न चाहन्छिन । उनीहरुलाई हामीले प्राथमिकता दिएका छौं । शान्ति भन्छिन,‘कति दिदीबहिनीलाई काम सिकाएर आफ्नै चिया पसल खोल्न पनि प्रोत्साहन दिएका छौं ।’

देशमै केही गर्छु भनेर विदेशबाट फर्केका युवालाई प्रोत्साहन गर्न हामीले चिया बनाउन पनि सिकाएका छौं । हाम्रोमा विदेशबाट फर्केका युवाहरू पनि काम गर्नुहुन्छ । उनी भन्छिन,‘उनीहरुलाई चिया बनाउने तालिम दिएर काममा राखेका छौं ।’

शान्ति महिला भएर आफ्नो व्यवसायलाई व्यवस्थित तरिकाले समालिरहँदा नेपाली समाजमा महिला व्यवसायीलाई समस्या धेरै नै भएको महसुस गर्छिन । उनी भन्छिन,‘मलाई पनि चुनौतीहरू आएको थियो । सामाजिक चुनौतीले नै महिलाहरूलाई व्यवसायमा अघि बढ्न नदिएको हो । तर जस्तो समस्या, हेपाई भए पनि त्यसलाई सकारात्मक तरिकाले लिएर व्यवसायलाई निरन्तरता दिनु नै असल व्यवसायीको खुबी हो ।’ शान्ति आफ्नो कारण अरुले रोजगार पाएकोमा गर्व मान्छिन । उनी आफ्नो कारण अरुको मुहारमा मुस्कान देख्न पाउनु नै व्यवसायको उपहार मान्छिन् ।

सानोबाट शुरुवात गर्दा पनि सफल भइन्छ भन्ने प्रमाणित शान्तिको ‘चियावाला’ ले गरेको छ । नेपालमा केही पनि सम्भव छैन भनेर हार खाएर विदेश गइरहेका युवाहरूको लािग गतिलो उदाहरणको रुपमा परिचित छ ‘चियावाला’ । पछिल्लो समय युवाहरु वैदेशिक रोजगारको लागि विदेशिने जमात बढिरहेको छ । उनी भन्छिन, ‘विदेशिनु युवाहरूको वाध्यता हो । नेपालको राजनीतिक अस्थिरताको कारण युवा पलायन बढेको हो ।

शान्ति युवाहरुको लागि देशमै अवसर भएको महसुस गर्छिन तर आर्थिक अवस्था र राजनीतिक अस्थिरताको कारण शुरुवात गर्न डराएको उनको बुझाई छ । उनी देशको अवस्थालाई चुनौतीको सामना गर्दै युवाहरुले स्वदेशमै शुरुवात गर्नुपर्ने देख्छिन । उनी भन्छिन, ‘काम गर्न लगनशीलता चाहिन्छ । त्यसपछि काम आफै लयमा आउँछ ।’ काम गर्ने जोस छ भने आट्न डराउनु हँुदैन । नेपालमै सम्भव छ । ’

नेपालमा धेरै व्यवसायहरुको सम्भावना रहेको सुनिता बताउँछिन । उनका अनुसार सरकारले यस्ता व्यवसायीहरुलाई विशेष प्राथमिकतामा राख्नुपर्छ । यसो भयो भने रोजगारीको अवसर बढ्छ । स्वदेशी प्रयोग पनि बढ्छ । त्यस्तै दक्ष जनशक्तिको अभाव पनि निकै ठुलो समस्याका रुपमा रहेको उनको अनुभव छ । सरकारले महिला उधमीहरुलाई मध्यनजरमा राखेर सहज वातावरण सिर्जना हुने केही व्यवस्था ल्याइदिनु भयो भने सहज हुने शान्तिको धारणा छ ।

असम्भवलाई सम्भव बनाउन जस्तो चुनौति आए पनि सामना गर्दै भए पनि युवाहरूले आफनै व्यवसाय शुरुवात गर्न उनी सुझाउँछिन् । उनी भन्छिन,‘काम शुरु गर्न ढिला नगर्नुस । शुरुवात गरेपछि काम आफै लयमा आउँछ ।