युनाइटेडपछि एनसीसी ताक्दै नबिल बैंक, होला त सम्झौता ? 

युनाइटेडपछि एनसीसी ताक्दै नबिल बैंक, होला त सम्झौता ? 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार । 

नेपालको पहिलो संयक्त लगानीको रुपमा स्थापित नबील बैंक आफ्नो लागि उपयुक्त मर्जर पार्टनरको खोजीमा लागेको छ । अर्को अर्थमा भन्दा आफुलाई उपयुक्त हुने वित्तीय संस्थालाई आफ्नो पोल्टोमा पार्दा नबिललाई आफनो ताज जोगाउन सजिलो हुन्छ ।  उसलाई आफ्नो व्यवसायको समृदिको लागि राम्रो हुन्छ । हालै मात्र नबील बैंकले आफनै संस्थापकहरुको क्रस होल्डिगं शेयर रहेको युनाइटेड फाइनान्स लिमिटेडलाई गाभ्ने सम्झौता गरिसकेको छ ।

\"\"हालै मात्र नेपालका दुई प्रतिष्ठित र ठूला बैंकहरू नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकबीच एक आपसमा गाभिने सम्झौता गरिसकेको छ । यसै कारणले बजारमा आफ्नो छुट्टै छाप छोड्न सफल नबिल बैंकलाई पनि ठुलो बैंक बन्न हतारो भएको देखिन्छ । एउटा ठूलो अग्रणी वित्तीय संस्थाको रूपमा स्थापीत र सोही अनुसार बजार विस्तारको सम्भावनाको खोजीमा लागेको नबिलले पहिलेदेखि नै आफुलाई मिल्ने उपयुक्त पाटर्नरको खोजिमा लागेको पाइन्छ ।  

बजारमा नबिल बैंकसँग जोडेर धेरै वित्तीय संस्थाहरुको नाम आउने गर्छ । कहिले सिदार्थ बैंक, त कहिले गरिमा विकास बैंक, त्यसपछि नेपाल बंगलादेश बैंक र एनसीसी बैंक । नेपालकै धनी व्यक्ती बिनोद चौधरी र चौधरी गु्रपको लगानी रहेको यस बैंकले आफ्नो प्रतिष्ठा जोगाउनको लागि कुनै बाणिज्य बैंकलाई भित्र्याउन खोजिरहेको छ । माथिका उल्लेखित बैंकमध्य नबिल बैंकको रोजाइमा परेको एनसीसी बैंक हो भन्दा फरक नपर्ला । 

एनसीसी र नबिल बीचको मर्जर सम्भावना 

मर्जरको बिषयमा नबिल बैंकको नाम एनसीसी बैंकसँग बारम्बार जोडिएर आएको छ । नबिल बैंक लि मर्जरमा जान्छ कि जादैन ? यसको उपयुक्त उत्तर सञ्चालक समितिको प्रतिवेदनमा देख्न सकिन्छ । नबिलले आफुसँग मिल्ने जुनसुकै वित्तिय संस्थाहरुलाई गाम्ने विषयमा सकरात्मक रहने बताउँदै आइरहेको छ । प्राप्ति गरेर त्यस्ता संस्था आफूमा गाभ्दा कानुनी दृष्टिकोण, व्यवहारिक दृष्टिकोण र आर्थिक दृष्टिकोणको पक्षबाट फाइदा हुने हुन्छ । प्राप्ति गरेर लैजाँदा उच्च व्यवस्थापनको, कर्मचारीका,  प्रशासनिक कार्यमा सजिलो हुन्छ । कानूनी जटिलता पनि कम हुने गर्छ । यसरी हेर्दा नबिल बैंक सँग जुन बैंक गए पनि प्राप्तिको ढोकाबाट जानुपर्ने हुन्छ । यसमा एनसीसी बैंक तयार रहेको बुझिन्छ । 

\"\"एनसीसी बैंक र नबिल बैंकको तुलना त गर्न मिल्दैन । बैंकिङ क्षेत्रमा एकताका गलत छवि बनाउन पुगेका एनबी ग्रुपको लगानीमा स्थापना भएका एनसीसी बैंकले पछिल्लो समय सोचेअनुरुप प्रगती गर्न सकिरहेको छैन । नेपाल राष्ट्र बैंकबाट विभिन्न कारबाहीमा पर्दै  र केही समय नेपाल राष्ट बैंककै व्यवस्थापनमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि बैंकको व्यापार, बासलात, कर्मचारी क्षमता, उच्च व्यवस्थापन नबिल बैंकको तुलनामा कमजोर छ  थुप्रै वाणिज्य बैंकमध्य एनसीसी बैंक  तुलनात्मक रुपमा पुछारमा रहेको देखिन्छ ।

२०७३ सालमा चारवटा विकास बैंक गाभेर बैकको चुक्ता पूँजी केन्द्रीय बैंकले तोकेको जपत बनाएपनि व्यवसायिक सोच भएका मान्छेहरूको कमी र उच्च व्यवस्थापनको अभावले बैंकले प्रगति प्रस्तुत गर्न सकेको छैन । उच्च व्यवस्थापनमा प्रमुख कार्यकारी अधिकृत नायब प्रमुख कार्यकारी अधिकृत, सहायक महाप्रबन्धकको संख्या आवश्यकता भन्दा धेरै  भएकोले कर्मचारी व्यवस्थापनमा समेत गाह्रो हुने प्रष्टै देखिन्छ । धेरै संख्याका उच्चपदस्थ अधिकारी त्यसमा पनि पुराना संस्थापक शेयरधनीका अनुहारलाई व्यवस्थापन गर्न नसक्दा मर्जरको विषयमा त्यती गम्भीर हुन सकेको छैन । १३ अर्ब ४८ करोड चुक्ता पूँजी रहेको नबिल बैंक र १० अर्ब ३१ करोड चुक्ता पूँजी रहेको एनसीसी बैंकको स्वाप रेशियो कति हुने भन्ने कुराले त्यस संस्थाबीचको मर्जर विषय महत्वपूर्ण हुन्छ । यसलाई मिलाउन सके नबिल बैंकले एनसीसी बैंकलाई प्राप्ती गर्न सक्दछ ।