भारतीय यस बैंक डुब्योः पैसा झिक्न ग्राहकको लाम, व्यवस्थापन केन्द्रीय बैंकले सम्हाल्ने 

राजु ढुङ्गेल
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार ।

भारतको मुम्बई क्षेत्रमा निकै लोकप्रिय ‘यस बैंक’ खराब स्थितीमा पुगेको छ । स्थीति नाजुक बनेपछि बैंकको सम्पुर्ण व्यवस्थापन भारतीय केन्द्रिय बैंक भारतीय रिजर्भ बैंकले सम्हाल्ने भएको छ ।

व्यवस्थापन पक्ष सम्हाल्ने घोषणा गर्दै बैंकबाट एक महिनासम्म सीमित रकम मात्र झिक्न पाउने निर्णय पनि गरेको छ । तर, यस्तो आकस्मिक निर्णय गरेपछि निराश बैंकका ग्राहकहरु यस बैंकका एटिएम र शाखा कार्यालयमा पैसा झिक्न लामो लाइनमा बस्न बाध्य भएका छन्। 

मुम्बईको फोर्ट शाखाबाट पैसा झिक्न लामो लाइनमा बसेका यस बैंकका ग्राहक योगेश शर्माले आरबिआईले एक महिनाको अवधिमा बैंकबाट ५० हजार भारु मात्र झिक्न पाउने व्यवस्था नै आश्चर्यजनक रहेको ग्राहकहरु बताउँछन् । 

भारतीय केन्द्रीय बैंकले बिहीबार यस बैंकको वित्तीय अवस्था खराब भएको भन्दै कारोबारमा एक महिनाको प्रतिबन्ध लगाएको थियो ।

यस बैंकको पारेलस्थित एटिएममा पनि पैसा थिएन । यस एटिएममा ठूलो संख्यामा मानिस भेला भएका थिए । कारोबार रोक्का भएको अवधिमा यस बैंक लिमिटेडले रिजर्भ बैंकको लिखित अनुमती बेगर ५० हजार भारुभन्दा बढी निकाल्न दिने छैन ।