डिजिटल कारोबारमा हामी कति सुरक्षित ? (भिडियो रिपोर्ट)

डिजिटल कारोबारमा हामी कति सुरक्षित ? (भिडियो रिपोर्ट)


काठमाडौं–पछिल्लो समय बैंककै उच्च पदस्त कर्मचारी एवंम नेपाल राष्ट्र बैंककै गभर्नरसम्मको फोटो दुरुपयोग गर्ने र विभिन्न बहाना पारी रकम ठगी गर्ने कार्य भइरहेका छन। भिडियो रिपोर्टबैंकको एटिएमको पासवर्ड चोरी गर्ने , बैंकको प्रणाली ह्याक गर्ने, चेक र हस्ताक्षरको दुरुपयोग गरी पैसा चोरी भएको उदाहरणहरु हामीसँग थुप्रै छन । बैकिङ क्षेत्रमा आए नयाँ नयाँ प्रविधि र भुक्तानी प्रणालीमा सहज बनाउनका लागी ल्याइएका सेवा प्रदायक माध्यमहरु बढ्दै जाँदा साइबर सुरक्षाको चुनौती पनि बढेको छ । ,साइबर ब्युरोका सुचना अधिकारी दीपकराज अवस्थीका अनुसार आज भोली ठगीको प्रकृति फरक फरक भेटिन थालेको छ तर नेपालमा अनुसनन्धान गर्ने दक्ष जनशक्ति र अनुसन्धान गर्नका लागि संयन्त्रको अभाव छ ।

विश्वमा भइरहेको प्रविधीको विकाससँगै यसले विभिन्न अपराधिक गतिविधिहरु बढ्दै गइरहेका छन । यस्तो चुनौतीका कारण नेपाली डिजिटल भुक्तानीका प्रणाली पनि प्रभावित भइरहेको छ । अवस्थी भन्छन् साइबर व्युरोमै पनि दैनिकजसो फरक फरक प्रकृति ७ देखि १० वटा बैंकिङ प्रणाली र कयौं डिजिटल भुक्तानीमा भइरहेका फ्रडसँग गासिँएका मुद्धा दर्ताको लागी आउने गरेका छन् । चाँलु आर्थिक वर्षमै पनि १९ सय ५० वटा उजुरी ब्युरोमा परेको छ । प्रविधिमा भएको तीब्र विकाससँगै प्रयोगकर्ता र बजारमा आउने नयाँ–नयाँ प्रोडक्ट र सेवाहरुसँग अभ्यस्त हुन नसक्दा पिडित बनिरहेका छन् ।

एक अध्ययन अनुसार ९५ प्रतिशत साइबर सुरक्षाको समस्या प्रयोगकर्ताको गल्तीले नै हुने गर्दछ । इन्टरनेटमा दैनिक रुपमा २ हजार साइबर आक्रमणहरु हुने गर्दछन जसमा ९५ प्रतिशत आक्रमण ‘ह्युमन एरर’ ले हुने गरेको सो अध्ययनमा छ । यसरी हेर्दा हामीले प्रयोग गर्ने डिजीटल माध्यमहरु जती सजिला र भरपर्दा छन् उत्तीकै असुरक्षित पनि छन् । प्रयोगकर्ताकै गल्ती र अपराधिक मनसाय भएका व्यक्तिबाट हुने यस्ता कार्य रोक्नका लागी सुरक्षा निकाय, नियामक निकाय, सरोकारवाला र भुक्तानी सेवा प्रदायकहरु बेलैमा चनाखो हुन आवश्यक छ ।