कोरोना भाइरसको उपचार खर्च बीमाले ब्यहोर्न नसक्ने, भटाभट पत्र काट्दै बीमा कम्पनी

कोरोना भाइरसको उपचार खर्च बीमाले ब्यहोर्न नसक्ने, भटाभट पत्र काट्दै बीमा कम्पनी

राजु ढुङ्गेल
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार । 

विश्वभर तिब्र गतिमा फैलिरहेको कोरोना भारइरसको उपचार खर्च बीमा कम्पनीहरुले ब्यहोर्न नसक्ने जनाएका छन् । नेपालस्थित निर्जिवन बीमा कम्पनीहरुलाई सम्बन्धीत पुनर्बीमा कम्पनीहरुले भटाभट पत्र पठाएर कोरोना कोरोना रोग उपचार खर्च ब्यहोर्न नसक्ने बताएका छन् ।  
 

विश्व स्वास्थ्य संगठनले नै कोरोनाका कारण संकटकाल घोषणा गरेकोले यस्तो रोगको उपचार खर्च बीमा कम्पनीहरुको भत्तानी दायित्व भित्र नपर्ने पत्र पठाएपछि नेपपालस्थित बीमा कम्नीहरुले पनि उक्त रोगको उपचार वापतको खर्च ब्यहोर्न असमर्थ नरहने बताएका हुन । 

तर, बीमा समितिका प्रवक्ता निर्मल अधिकारीले आफुहरुलाई कुनै त्यस्तो आधिकारिक पत्र हालसम्म पनि नआएको बताउँदै महामारीमा उपचार खर्च भनेर बीमा कम्पनीले ह्वात्तै खर्च गर्न नसक्ने जानकारी दिए । उनले भने, बीमामा पनि थुप्रै शिर्षकहरु हुन्छन् । कुन बीमा गरेको, कस्तो खालको बीमा गरेको, कस्ता खालका अवधारणाहरु छन् भन्ने कुरामा निर्धारण गर्छ ।’  बीमा समितिले कोरोना भाइरस र यससम्बन्धी परेको प्रभावको अध्यायन पश्चात ठोस निर्णय लिने  जनाएको छ । 

विश्वका झण्डै ४० देशमा व्यापार पुनर्बीमा  गरेको नेपाल री इन्स्योरेन्सले कारोना रोगको उपचार खर्च व्यहोर्ने या नव्यहोर्ने भन्ने विषयमा आफ्ना कम्नीहरुलाई हालसम्म कुनै पनि जानकारी नदिएको त्यहाँ कार्यरत एक कर्मचारीले बैंकिङ्ग समाचारलाई जानकारी दिए । 

यद्यपी बीमा सिद्धान्त अनुसार महामारी, द्धन्द, युद्ध जस्तो अवस्थामा बीमा कम्पनी तथा पनर्बीमा कम्पनीले भुक्तानी गर्न बाध्य हुँदैन ।