आइएमई लाइफ इन्स्योरेन्सले साधारण सभा बोलायो, आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्दै

आइएमई लाइफ इन्स्योरेन्सले साधारण सभा बोलायो, आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
आइएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने सम्बन्धी विशेष प्रस्ताव गर्दै वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको जेठ ७ गते बसेको बैठकले जेठ ३१ गते कम्पनीको रजिष्टर्ड कार्यालय लैनचौरमा विहान १० बजे तेस्रो वार्षिक साधारण सभा बोलाएको हो ।

भच्र्युअल माध्यमबाट वोलाएको साधारण सभाले कम्पनीको धितोपत्र दर्ता गरी आईपीओ निष्काशन सम्बन्धमा विशेष प्रस्ताव परित गर्नेछ ।

कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्नेछ । कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्काशन गरेपछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएका सोहि अनुसार फेरवदल गर्न सभाले सञ्चालक समितिलाई अख्तिायरी दिने तयारी गरेको छ ।

कम्पनीको प्रबन्धपत्रको उदेश्यमा सामुहिक लगानी कोष स्थापना गर्ने उदेश्य पनि थप गर्ने प्रस्ताव गरेको छ ।

यस्तै संस्थापक शेयरधनी एक्रश मनी ट्रान्सफरको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक दिपक शर्मा पोखरेलको स्थानमा बाँकी कार्यकालको लागि कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठलाई गरेको नियुक्ती अनुमोदन गर्नेछ ।