तेस्रो त्रैमासमा कुन विकास बैंक देखियो सबैभन्दा अब्बल?

तेस्रो त्रैमासमा कुन विकास बैंक देखियो सबैभन्दा अब्बल?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा अधिकांश विकास बैंकहरुले सन्तोषजनक विवरण सार्वजानिक गरेका छन्। यस अवधिमा वित्तीय विवरण सार्वजानिक गरेका १७ विकास बैंकहरुमध्ये ११ विकास बैंकले गत वर्षको भन्दा बढी नाफा कमाएका छन भने ६ विकास बैंकको नाफा केही घटेको छ।

विकास बैंकहरुमा पनि वाणिज्य बैंकहरुको जस्तै मुख्य स्रोतबाट भन्दा पनि अन्य स्रोतमार्फतको आम्दानीले नाफा बढ्न सघाउ पुगेको देखिन्छ। बैंकहरुको मुख्य आम्दानीको स्रोत ब्याज आम्दानी नै भए पनि कोरोनाको असरका कारण बैंकहरुको यस्तो आम्दानी खासै बढ्न सकेको छैन।

चालु आर्थिक वर्ष घट्दो ब्याजदर र स्प्रेडदर पनि घट्दा ब्याज आम्दानी घटेको हो । यस अवधिमा सबै विकास बैंकहरुको स्प्रेड दर घटेको छ जसले गर्दा बैंकहरुले ब्याज आम्दानी बढाउन नसकेका हुन्।

पछिल्ला महिनाहरुमा बैंकहरुको सञ्चालन आम्दानी भने निकै बढेको देखिन्छ। त्यस्तै फि कमिशनमार्फत हुने आम्दानीमा पनि राम्रो वृद्धि देखिएको छ।

हेरै कुन बैंकको अवस्था कस्तो छ
तेस्रो त्रैमासमा ३३ प्रतिशतले बढ्यो बैंकहरुको नाफा

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत वर्षको यसै अवधिको तुलनामा बैंकहरुको खुद नाफा ३३.१३ प्रतिशतले बढेको छ। यस अवधिमा बैंकहरुले औषतमा २८ करोड रुपैयाँ नाफा कमाएका छन्।

यस अवधिमा मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै १ अर्ब रुपैयाँ नाफा कमाएको छ। नारायणी डेभलपमेन्ट बैंक भने २५ लाख रुपैयाँले घाटामा रहेको देखिएको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मुक्तिनाथ विकास बैंकको वितरणयोग्य नाफा सबैभन्दा धेरै ८२ करोड रुपैयाँ छ। त्यस्तै गरिमा विकास बैंकको पनि यस्तो नाफा ४९ करोड छ।

अधिकाँश विकास बैंकको खुद ब्याज आम्दानी घट्यो, अन्य आम्दानी भने बढ्यो
चैत मशान्तमा अधिकाँश विकास बैंकको खुद ब्याज आम्दानी घटेको छ। कोभिड १९ को असरका कारण बैंकहरकोे मुख्य आम्दानीको स्रोत अर्थात खुद ब्याज आम्दानीमा असर परेको देखिन्छ।

यस अवधिमा १० विकास बैंकको यस्ताे आम्दानी घटेको छ भने ७ बैकको केहि बढेको छ।

मुक्तिनाथ विकास बैंकको खुद ब्याज आम्दानी सबैभन्दा धेरै १ खर्ब ८९ करोड छ भने नारायणी डेभलपमेन्ट बैंकको ७ लाखले ऋणात्मक छ।

अधिकाँश विकास बैंकको फि कमिसन आम्दानी र सञ्चालन नाफा भने बढेको छ। यस अवधिमा विकास बैंकहरुको फि कमिशन आम्दानी १९ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा २७ प्रतिशतले बढेको छ।

\"\"

मुक्तिनाथ विकास बैंकको पूँजी सबैभन्दा धेरै, लुम्बिनी विकास बैंकको रिजर्भ
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा मुक्तिनाथ विकास बैंकको पूँजी सैभन्दा धेरै ४ अर्ब ८१ करोड रुपैयाँ रहेको छ। नारायणी डेभलपमेन्ट बेंकको पुँजी भने समैभन्दा कम छ।

यस्तै रिजर्भ कोषमा भने गरिमा विकास बैक अगाडि देखिन्छ। बैंकको जगेडा कोषमा १ अर्ब ९० करोड रुपैयाँ छ। नारायणी डभलपमेन्ट बैंकको जगेडा भने ऋणात्मक छ।

निक्षेप २५ प्रतिशशतले बढ्दा कर्जा ३० प्रतिशतले बढ्यो
चालु आर्थिक वर्षमा विकास बैंकहरुको निक्षेप संकलन २५ प्रतिशतले बढेको छ भने कर्जा लगानी ३० प्रतिशतले बढेको छ।

चैत मशान्तसम्ममा विकास बैंकहरुको कुल निक्षेप संकलन ३ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ३ खर्ब ३९ अर्ब पुगेको छ।

यस अवधिमा निक्षेप र कर्जामा पनि मुक्तिनाथ विकास बैंक नै अगाडि देखिन्छ। उसले सबैभन्दा धेरै निक्षेप संकलन गरेको छ भने कर्जा लगानी पनि सबैभन्दा धेरै छ।

\"\"

कामना सेवा विकास बैंकको प्रतिशेयर आम्दानी सबैभन्दा धेरै, नेटवर्थमा लुम्बिनी विकास बैंक अगाडि
चैत मशान्तसम्ममा कामना सेवा विकास बैंकको प्रतिशेयर आम्दानी सबैभन्दा धेरै २९ रुपैयाँ छ भने नारायणी डेभलपमेन्ट बैंकको ४ रुपैयाँले ऋणात्मक छ।

यस्तै लुम्बिनी विकास बैंकको प्रतिशेयर नेटवर्थ सबैभन्दा धेरै १६५ रुपैयाँ रहेको छ भने नारायणी डेभलपमेन्ट बैंकको सबैभन्दा कम ३६ रुपैयाँ छ।

मूल्य आम्दानी अनुपात र बजार मूल्य
यस अवधिमा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै प्रतिकित्ता ६६७ रुपैयाँ रहेको छ। कम्पनीको वित्तीय अवस्था राम्रो नभए पनि हकप्रदको कारण उसको मूल्य उचालिएको हो।

यस अवधिमा बैंकहरुको औषत पिई १९.३८ गुणा रहेको छ।

खराब कर्जा नारायडि डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै
चैत मशान्तसम्ममा नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा सबैभन्दा धेरै २५ प्रतिशत रहेको छ। यस्तै मुक्तिनाथ विकास बैंकको खराब कर्जा सबैभन्दा कम ०.२१ प्रतिशत छ।

यस अवधिमा अधिकांश विकास बैंकहरुले खराब कर्जामा सुधार गरेका छन्।

विकास बैंकहरुको आधार दर पनि एकल अंकमा झर्यो
चैत मशान्तसम्मा विकास बैंकहरुको आधार दर पनि एक अंकमा झरेको छ। यस अवधिमा विकास बैंकहरुको औषत आधार दर ९.७७ प्रतिशत कायम भएको छ।

यस अवधिमा एक्सेल डेभलपमेन्ट बैंकको आधार दर सबैभन्दा कम ७.१३ प्रतिशत रहेको छ।
बैंकहरुको स्प्रेड दर पनि घटेर ५.०९ प्रतिशतमा झरेको छ।

\"\"

यसरी तेस्रो त्रैमासमो वित्तीय विवरणको आधारमा खुद नाफा लगायतका धेरै सूचकहरूमा मुक्तिनाथ विकास बैंक अगाडि देखिएको छ तर उसको पूँजी धेरै हुँदा प्रतिशेयर आम्दानी भने अन्य बैंकहरूको तुलनामा कम छ। तर बैंककाे प्रतिशेयर आम्दानी औषतभन्दा बढी नै छ। यस अवधिमा हकप्रदको कारण केहि विकास बैंकहरुको शेयरमूल्य भने उचालिएको छ। वित्तीय अवस्था राम्रो नभएपनि हकप्रद जारी गर्ने तयारीमा रहेका नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक लगायतका विकास बैंकहरुको शेयर मुल्य उच्च छ।