उद्योग वाणिज्य संघ काठमाडौँले भन्यो, ‘कर तिर्ने म्याद थप र जरिवाना छुटको व्यवस्था गरियोस्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 बैंकिङ समाचार ।
नेपाल उद्योग वाणिज्य संघ, काठमाडौँले कर तिर्ने म्याद थप गर्न माग गरेको छ । कोरोनाका कारण जारी निषेधाज्ञा पालना गर्दै उद्योगी व्यवसायीहरु घरभित्रै बसिरहेको अवस्थामा कर तथा राजश्व दाखिला गर्न असमर्थ हुने भन्दै उद्योग वाणिज्य संघ काठमाडौँले म्याद थपसहित जरिवाना छुटको व्यवस्था गर्न माग गरेको हो । 

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले एक अपिल जारी गर्दै ‘उद्योगी व्यवसायी र कर्मचारीहरु समेत संक्रमणबाट सुरक्षित रहन निषेधाज्ञाको पालना गर्दै घरमै बसिरहेको अवस्थामा मूल्य अभिवृद्धि कर तथा अन्तशुल्कको मास्केवारी तथा कर राजश्वहरु दाखिला गर्न असहज र असुरक्षित भएको जानकारी गराउँदै वर्तमान विषम् परिस्थिती सहज नहुन्जेल सम्मका लागि म्याद थप तथा जरिवाना छुटको व्यवस्था गरिदिनुहुन सम्बन्धित निकायलाई अपिल गर्दर्छौ’ भनेको छ ।