कमोडिटी मार्केट लाइसेन्सको लागि निर्देशिका:चुक्ता पूँजी २ अर्ब सम्म, अनुमति दस्तुर मात्रै २५ लाख

कमोडिटी मार्केट लाइसेन्सको लागि निर्देशिका:चुक्ता पूँजी २ अर्ब सम्म, अनुमति दस्तुर मात्रै २५ लाख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
नेपाल धितोपत्र बोर्डले बस्तु बजार सञ्चालनका लागि थप सहज बनाउन निर्देशिका तयार गरेको छ । बोर्डले तयार गरेको निर्देशिकाको मस्यौदा अनुसार कमोडिटी एक्सचेन्जको चुक्ता पूँजी २ अर्ब सम्म तथा अनुमती पत्र दस्तुर २५ लाख रुपैयाँ तोकेको हो ।

'वस्तु विनिमय बजार सञ्चालन तथा अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्था सम्बन्धी निर्देशिका, २०७७' को मस्यौदा अनुसार कम्पनी स्थापना गर्नका लागि धितोपत्र बोर्डको पुर्व स्वीकृति लिुन पर्छ । पुर्व स्वीकृतिका लागि बोर्डमा निवेदन दिँदा पनि दस्तुर बुझाउनु पर्ने व्यवस्था छ । त्यसपछि बोर्डले पुर्व स्वीकृति दिएपछि पनि कम्पनीले तोकिए अनुसारको मापदण्ड भित्र रही पुर्वाधार निमार्ण गर्नेछ ।

बोर्डले पुर्व स्वीकृती दिएपछि कम्पनीको शेयर संरचना लगयातका विषयमा परिवर्तन गर्न नपाइने व्यवस्था मस्यौदामा रहेको छ । पुर्वाधार तयार गरीसकेपछि कम्पनीले कारोबार सञ्चालन स्वीकृतीका लागि २५ लाख रुपैयाँ सहित बोर्डमा पुन निवेदन दिनु पर्ने व्यवस्था मस्यौदामा रहेको छ ।

कर्मोटिडी बजार संचालन गर्नको लागि एउटा संचालक समिति हुनुपर्ने र एक जना प्रमुख कार्यकारी अधिकृतको व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

IDIYlRAbgHMb0KmrZ2UWT8Yh1a3qMyEDDmw8G398.pdf