स्वदेशमै सम्भव छ

समृद्धिको सपना साट्दै तीन भाईको ‘द बिगो नेपाल’

समृद्धिको सपना साट्दै तीन भाईको ‘द बिगो नेपाल’


काठमाडौं-अहिलेको युगमा ‘स्टार्टअप’ लाई देशको प्रमुख खम्बा मध्येको एक मानिन्छ । पछिल्लो समय उद्यमीको विषयलाई पनि गम्भिर रुपमा हेरिएको छ । नेपालमै पनि ठुलो सम्भावना बोकेर कोसिस गर्ने युवाहरुको जमात पनि थपिदै गएको छ । निजी लगानीमा विभिन्न क्षेत्रसँग सम्बन्धित नयाँ व्यवसाय पनि खुल्दै गइरहेका छन ।
स्वदेशमै सम्भव छ (भिडियो)

यस्तै सम्भावना र कोसिसको पहलमा खुलेको एक व्यवसाय मध्ये एक हो ‘द बिगो नेपाल’ । ‘द बिगो नेपाल’ विदेशको झल्को मेटाउने मनसायले खोलिएको रेस्टुरेन्ट हो । ‘द बिगो नेपाल’ मा मिठो खाजाखाना साथै डेलिभरिको व्यवस्था पनि छ ।

हामीले बाल्यकालमा साथीहरूसँग सपना बाडछौं तर तिनै सपना समय, वाध्यता र परिस्थितिले बीचमा टुंगिन्छन् । फेरि केही सपनाले सास फेरिरहेका हुन्छन । इच्छा शक्ति हुनेहरुले तिनलाई वास्तविकतामा परिणत गर्न खोज्छन् । यस्तै सपना साट्दा साट्दै ऋषभ सुबेदी, सिद्धार्थ मारियो जोसेफ लोहिया र पृथ्वी जगं राणालाई व्यवसायको एउटै यात्रामा जोडेको छ । उनीहरु सँगै पढ्दै, खेल्दै, रमाउँदै हुर्केका साथी हुन् । पछिल्लो समय उनीहरु ‘द बिगो नेपाल’ व्यवसायमा सहकार्य गर्दै छन् । तीन साथीको सहकार्यमा खुलेको द बिगो नेपाल छोटो समयमा सबै युवाले रुचाएका छन् । सानैदेखि सँगै पढेर अहिले पनि सँगै काम गर्दाको अनुभव सन्तोषजनक रहेको उनीहरूको बुझाई छ ।

‘द बिगो नेपाल’ को प्रमुख विशेषता भनेको यूनिक ,क्वालिटि फुड र ताजापन हो । उनीहरु भन्छन, ‘हामीले विगत ८ महिना देखि विगोलाई रेस्टुरेन्टहरूमा उत्कृष्ट बनाउने कोसिसमा छौँ। ’

‘द बिगो नेपालमा’ मा सबैको आ आफ्नो जिम्मेवारी छ । रिसब अपरेसन म्यानेजरको रुपमा काम गर्छन् पृथ्वी पीआर हेर्छन् । सिद्धार्थ रेष्टुरेन्टको बाँकि काम समाल्छन् । उनीहरुको धारणा पनि समान छ । आफ्नो रुची अनुसारको काम गर्नु राम्रो हो । सोही रुचीलाई आत्मसाथ गर्दै आफ्नो व्यवसाय शुरु गर्नु त्यो भन्दा पनि राम्रो हो । पछिल्लो समय बाहिरी देश जानेको लहर बढिरहेको क्रममा आत्तिहाल्नु नपर्ने उनीहरु बताउँछन । उनीहरु भन्छन, ‘ युवाहरु धेरै वैदेशिक रोजगारमा जानुहुन्छ । ठिक छ । तर सधैँभरी त्यहीँ बस्ने होइन । त्यहाँ सिकेको सिप यहाँ स्वदेशमा लगानुपर्छ ।’ उनीहरु युवाहरुलाई यही सल्लाह दिन्छन ।’
पछिल्लो समय युवामा पनि केही गर्न सक्छु भन्ने जागिर नरहेको उनीहरु बताउँछन । वैदेशिक रोजगारीमा जाने मध्ये अधिकांशको साझा गुनासो यही हुन्छ ।

नेपालमा काम गर्ने वातावरण नै छैन सरकारले केही गर्दैन । तर उनीहरु यसमा सहमत छैनन । सरकारले काम गर्न कसैलाई नरोकेको भन्दै उनीहरु भन्छन, ‘वैदेशिक यात्राको लागि जाँदा लाग्ने खर्चले नै अहिले स्वदेशमा सानो व्यवसाय सुरु गर्न सकिन्छ ।’ स्वदेशमा केही गर्न सकिएन भनेर वैदेशिक रोजगारीमा जानेहरूलाई उनीहरूको सुझाव छ, ‘नेपालमा केही गर्न सकिएन भनेर वैदेशिक रोजगारीमा भौतारिन आवश्यक छैन । मेहनत गर्यो भने यहीँ सबै सम्भव छ ।’ ‘द बिगो नेपाल’ को सुरुवात गर्ने क्रममा आफै लागि परेको कारण ग्राफिक, वनावट, खोजि अनुसन्धानमा पनि पोख्त हुन पाइएको उनीहरु बताउँछन ।

उनीहरु भन्छन, ‘आफ्नो व्यवसाय सुरु गर्दा धेरै कुराहरू सिक्न, बुझ्न पाए, सबै युवाहरूले आफ्नो व्यवसाय सुरुवात गर्नुस धेरै कुराहरू व्यवसायले नै सिकाउँछ ।’ व्यवसाय शुरुवात गर्दा सरकारबाट कुनै पनि सहयोग नपाइएको उनीहरुको गुनासो छ । ‘शुरुवात चरणमा के गर्ने, सरकारी नियम कानुन के कस्तो छ भनेर दुविधा भयो, यसको लागि सरकारले सबै कुरा प्रष्ट बुझ्ने गरि म्यानुअल जस्तो बनाइदिँदा नयाँ उधमीहरुको लागि सहज हुन्छ ।’ नँया व्यवसाय शुरुवात गर्न सरकार र विभिन्न सरकारी निकायले सहज व्यवस्था गरिदिनुपर्ने उनीहरूको बुझाई छ । काम गर्ने वातावरण सिर्जना भयो भने युवाहरु विदेशिनु नपर्ने उनीहरूको धारणा छ ।

पछिल्लो समय बीमा आवश्यकता सँगै अनिवार्य पनि भैसकेको छ । हरेक नयाँ व्यवसायको शुरुवात चरणसँगै भविष्यमा निम्तिने खतराबाट बच्नको लागि व्यवसायिक बीमाले महत्वपूर्ण अर्थ राख्दछ । उनीहरु भन्छन् ‘बीमा सबैको लागि आवश्यक छ । कुनैपनि व्यवसाय शुरुवात गर्नुअघि बीमाको विषयमा बुझेर व्यवसायको बीमा गर्नुपर्छ ।’ सिद्धार्थ, रिसब र पृथ्वीले विभिन्न चुनौतीलाई पार गरेर आफ्नो व्यवसायलाई निरन्तरता दिन पाउँदा उनीहरु खुशी छन । अहिलेकै रफ्तारमा व्यवसाय बढ्दै गए ‘द बिगो नेपाल’ का धेरै शाखाहरु खोल्ने उनीहरुको लक्ष्य छ । उनीहरु एकै स्वरमा भन्छन, ‘केही गर्ने सोच हुनुपर्छ, धैर्यता राख्न सक्नुपर्छ । नेपालमै धेरै कुरा सम्भव छ ।’