१६ लाख ७१ हजारले भरे रूरूको सेयर, कतिले पाउलान्? 

१६ लाख ७१ हजारले भरे रूरूको सेयर, कतिले पाउलान्? 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार । 
रूरू जलविद्युत आयोजनाको प्राथमिक सेयर (आइपिओ) १६ लाख ७१ हजारले भरेका छन्। बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार साँझ ५ बजेसम्म सो संख्याले मेरोसेयर अनलाइनबाट आवेदन दिएका हुन्। बैंकमै गएर आवेदन दिनेको संख्या प्राप्त भइ नसकेको क्यापिटलले जनाएको छ। यसले गर्दा आवेदन भर्नेको संख्या केही बढ्न सक्नेछ। 

आजबाट कम्पनीको सेयरमा आवेदन बन्द भएको छ। कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा २० रुपैयाँ थपेर प्रतिकित्ता १२० रुपैयाँ मूल्यमा आइपिओ निष्कासन गरेको हो। सर्वसाधारणका लागि ३ लाख ७९ हजार १६७ कित्ता सेयर बिक्रि गरिनेछ। यस हिसावले ३७ हजार ९ सय १० जनाले १० कित्ताका दरले र तिमध्येबाट ७ जनाले ११ कित्ताका दरले सेयर पाउने संभावना छ।  कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ छ। प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३६ पैसा छ। 

कम्पनीको वित्तीय विवरणअनुसार प्रतिमेगावाट लागत १४ करोड ८९ लाख रुपैयाँ छ। कम्पनीले गुल्मी जिल्लामा ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ। धितोपत्र बाँडफाँड निर्देशिकाअनुसार पुगेसम्म सबैलाई १० कित्ताका दरले बाँडफाँड गर्नुपर्नेछ। यो कम्पनीमा सबैलाई १० कित्ताका दरले बाँडफाँड गर्न पुग्दैन।

३७ हजार ९ सय १० जनालाई १० कित्ताका दरले बाँडफाँड गरेपछि ७ कित्ता बाँकी रहन्छ। त्यसैले ७ कित्तालाई १–१ कित्ताका दरले तिनैमध्येबाट ७ जनालाई थपेर दिइनेछ।