चन्द्रागिरीको शेयरमूल्य २५ सय माथि पुग्यो

चन्द्रागिरीको शेयरमूल्य २५ सय माथि पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार । 
चन्द्रागिरीको शेयरमूल्य २५०० रूपैयाँभन्दा माथि पुगेकाे छ। बुधबार बजार खुलेकाे केहि समयमा नै कम्पनीकाे शेयरमूल्य ७ प्रतिशतभन्दा धेरैले बढेर २ हजार ५०० रूपैयाँभन्दा माथि पुगेकाे हाे। 

दाेस्राे बजारमा काराेबार खुलेदेखि नै लगातार जसाे सकारात्मक सर्किट लागेर २०७९ रूपैयाँमा केहि समय अड्किएको कम्पनीको शेयरमूल्यमा पुनः लगातार सर्किट लेभलमा काराेबार हुन थालेको छ।

मंगलबार सकारात्मक सर्किट लेभलमा कारोबार भएको कम्पनीको शेयरमूल्य बुधबार पनि ७ प्रतिशतले बढेर कारोबार भइरको छ।

यस दिन बजार खुलेको केहि समयमा नै कम्पनीको शेयरमूल्य बढेर २ हजार ५७८ रुपैयाँसम्म पुगेको थियाे। यस अवधिमा कम्पनीको १३ हजार ४७० कित्ता शेयर कारोबार भएको छ।

\"\"