क्युआरमा आक्रमक बन्यो मुक्तिनाथ विकास बैंक, रिक्साादेखि तरकारी पसलसम्म डिजिटल भुक्तानी सेवा 

क्युआरमा आक्रमक बन्यो मुक्तिनाथ विकास बैंक, रिक्साादेखि तरकारी पसलसम्म डिजिटल भुक्तानी सेवा 


बैंकिङ्ग समाचार । 
मुक्तिनाथ विकास बैंक लि.को क्यूआर सेवा अटो रिक्सामा पनि सूरु भएको छ । गोपिगंज, टाँडी, धनकुटा र  काकडभिट्टाको विभिन्न रुटमा कुद्ने अटो रिक्साहरुमा क्यूआर कोडबाट अनलाइनानै भुक्तानी गर्न मिल्ने भएको छ र यस कार्यबाट रिक्सा चालक तथा यात्रु दुबैल लाभ लिन सक्नुहुनेछ ।

यस कार्यबाट अटो रिक्सामा चढ्ने यात्रुहरुले भाडा वापतको रकम रिक्सामा भएको क्यू.आर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।  क्यूआर कोडबाट सुरक्षित रुपमा भुक्तानी गर्ने गराउने सम्बन्धमा बैंकका शाखा प्रबन्धकहरुले अटो रिक्साका चालकहरुलाई आवश्यक प्रशिक्षण समेत गर्नुभएको थियो ।  

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिषा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट  विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।