बैंक अफ काठमाण्डूको ‘बिओके इकम युएसडी प्रिपेड कार्ड’ सेवा सुरु

बैंक अफ काठमाण्डूको ‘बिओके इकम युएसडी प्रिपेड कार्ड’ सेवा सुरु


बैकिङ्ग समाचार ।
बैंक अफ काठमाण्डूले आफ्ना ग्राहकहरुलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘बिओके इकम युएसडी प्रिपेड कार्ड’ सेवा सुरु गरेको छ । यस सुविधा अन्तर्गत बैंक अफ काठमाण्डूका खातावाल ग्राहकहरुले प्रति वर्षमा ५ सय अमेरिकी डलरसम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्ने भएका छन् ।

बैंक अफ काठमाण्डूको अनुसार ग्राहकहरुले यो सेवा भारतबाहेक अन्य देशहरुको ई-कमर्स साइटहरुबाट एक पटक वा पटक पटक गरी ५ सय अमेरिकी डलरसम्मको वस्तु वा सेवा अनलाइन भुक्तानी गर्न सक्ने भएका छन् । बैंक अफ काठमाण्डूले ९० वटा शाखा कार्यालय, ७८ वटा एटिएम र १० वटा एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।