बैकिङ्ग समाचार ।
साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले काठमाडौंमा एकैदिन ५ शाखा विस्तार गरेको छ।
काठमाडौंको नयाँ बानेश्वर, न्यूरोड, कलंकी, गोंगबु र महाराजगञ्जमा नयाँ शाखा विस्तार गरिएको हो।
२०६५ सालमा रुपन्देहीबाट सुरु भएको यस बैंकको हाल ८० शाखा रहेको बैंकले जनाएको छ। बैंकका अनुसार हाल संस्थाको चुक्ता पूँजी ३ अर्ब ४० करोड तथा पूँजी कोष ६ अर्ब नजिक रहेको छ।
प्रतिक्रिया