काठमाडौं – पोखराको लेकसाइडमा रहेको वरदान रिसोर्ट एण्ड अपार्टमेन्टले सन् २०२४ का लागि बुकिङ डटकमको ट्राभलर रिभ्यु अवार्ड पाएको छ । सन् २०२३ मा सेवा लिएका पर्यटकहरुले दिएको प्रतिक्रियाको आधारमा रिसोर्टले ट्राभलर रिभ्यु अवार्ड पाएको हो ।
रिसोर्टका सञ्चालक मदन शर्मा अवार्ड जितेसँगै आफू र आफ्नो टिमलाई थप राम्रो काम गर्ने हौसला मिलेको बताउँछन् । शर्मा भन्छन्, ‘यो अवार्ड पाउँदा हामी अत्यन्तै खुशी छौँ, हामीले गरेको कामको आधारमा पुरस्कृत भएको अनुभूत गरेका छौं । साथै जिम्मेवारी थपिएको महसुस गरेका छौँ ।’
बुकिङ्ग डटकम पर्यटकहरूले होटल बुक गर्ने अन्तर्राष्ट्रिय साइट हो । जुन साइटलाई पर्यटकहरुले होटल बुकिङ्ग गर्न होटलका विषयमा जानकारी लिन प्रयोग गर्ने गर्छन् । अन्तर्राष्ट्रिय साइटबाट ट्राभलर रिभ्यु अवार्ड पाएसँगै रिसोर्टको थप प्रचार–प्रसार हुने विश्वास सञ्चालक शर्माको छ ।
उनी भन्छन्, ‘अवार्ड पाउनुमा यहाँबाट सेवा लिएका पाहुनाहरुको ठूलो हात छ । सेवा लिइसकेपछि पाहुनाहरुले सेवाको बारेमा स्वतन्त्र रुपमा प्रतिक्रिया दिनुहुन्छ । उहाँहरुले दिनुभएको प्रतिक्रियाको आधारमा बुकिङ्ग डटकमबाट हामी पुरस्कृत भएका हौँ। यहाँ आउनुभएका पाहुनाको मन जितेर यो अवार्ड पाउँदा निकै खुशी छौँ, यो हाम्रो लागि गर्वको कुरा हो। साथै बुकिङ्ग डटकम साइट अन्तर्राष्ट्रिय सञ्जालमा छरिएको छ, जसको माध्यमले रिसोर्टको थप प्रचार हुनेमा निर्धक्क छौँ ।’
यसअघि रिसोर्टले ट्रिप एडभाइजर,अगोडा, होटल्स डटकम, बुकिङ डटकम , लगायतका अन्तर्राष्ट्रिय अवार्डहरु पनि प्राप्त गरेको शर्माले जानकारी दिए । वरदानले यसपटक मात्र होइन यसअगाडिपनि धेरै पटक पाहुना/पर्यटकहरुको मन जितिसकेको छ । सन् २००८ बाट सञ्चालनमा आएको वरदान पोखराको पहिलो सर्भिस अपार्टमेन्ट रिसोर्ट रहेको समेत उनले बताए । मौलिक शैलीमा बनेको रिसाेर्टले पोखरा महानगरपालिकाको पूर्ण मापदण्डभित्र रहेर सेवा प्रदान गरिरहेको सञ्चालक शर्मा बताउँछन् ।
प्रतिक्रिया